लुक्लामा हवाई दुर्घटना: ३ जनाको मृत्यु

काठमाडौं । सोलुखुम्बुमा जहाज र हेलीकप्टर ठोक्किदा तीन जनाको मृत्यु भएको छ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअर र श्री एअरलाइन्सको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको हो ।

सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको जहाज दुर्घटनामा परेको छ । लुक्लाबाट रामेछापका लागि उड्नेक्रममा समीट एयरको ९ एन एमएच कलसाइनको विमान दुर्घटनामा परेको हो ।

उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर मनाङ र श्री एयरलाइन्सको हेलिकोप्टरमा ठोक्किएर दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

दुर्घटनामा परी समीट एयरका को पाइलट एस ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको प्रवक्ता तिवारीले पुष्टि गरेका छन् । समीट एयरकै अर्का कोपाइलट आरबी रोकाय गम्भीर घाइते रहेको बताइएको छ ।

विमानको ठक्करबाट मनाङ एयर र श्री एयर हेलिकोप्टरमा क्षति पुगेको छ । मनाङ एयरका पाइलट टीबी गुरुङ घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here