सगरमाथा सफाई अभियान सुरु

नाम्चे । सगरमाथा राष्ट्रिय निकुञ्जले स्वच्छ, सफा र सुन्दर सगरमाथा क्षेत्र अभियान सुरु गरेको छ ।

सोलुखुम्बुको खुम्बुक्षेत्रमा पर्यटकीय गतिविधिले भएका फोहोरको सरसफाई अभियान शुरु गरेको हो । पर्यटकीय सगरमाथा क्षेत्रमा दैनिकजसो पर्यटकहरुको आवतजावतसँगै बिभिन्न किसिमका फोहोरको थुप्रो लाग्न थालेपछि स्वच्छ, सफा र सुन्दर सगरमाथा क्षेत्र निर्माण अभियान सञ्चालन गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो ।

प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई

हवाई यात्राबाट खुम्बु प्रवेश स्थल लुक्ला क्षेत्रबाट सरसफाई शुरु गरी जोरसल्ले, मञ्जो, नाम्चे, ठमो, थामे, टासिङ्गा, डोले, गोक्यो क्षेत्र हुँदै सातांै दिन दिङ्बोचे देखिमाथि बेसक्याम क्षेत्रसम्म सरसफाई गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिनुभयो ।

निकुञ्जको २४ औँ वन्यजन्तु सप्ताहका अवसर पारेर यो अभियान सुरु गरेको हो । सगरमाथा क्षेत्रभित्र पनि पर्यटकको प्रमुख गन्तव्यस्थलका रुपमा रहेको खुम्बुक्षेत्रलाई सफा राखी पर्यटकलाई आकर्षण गर्न सरसफाई गरिएको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताउनुभयो ।

यो अभियानलाई निरन्तरता दिनुपर्ने स्थानीयले जोड दिएका छन् । निकुञ्जले पनि स्थानीय सरोकारवालाहरुसँग समन्वय तथा सहयोगमा अभियानलाई जारी राख्ने बताएको छ । वन्यजन्तु सप्ताहको अन्तिम सातौँ दिन गरिने गोक्यो क्षेत्र खुम्बु क्षेत्रको अन्तिम बस्ती रहेको पर्यटकीय स्थाल हो । सगरमाथा क्षेत्र सरसफाई अभियानले खुम्बुक्षेत्र सफा भएको सन्देश दिन सकिने निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here