हेटौँडा । भूकम्पबाट क्षतिग्रस्त भएका मकवानपुर जिल्लामा रु एक अर्बभन्दा बढीको लागतमा छ सामुदायिक विद्यालय र दुई स्वास्थ्यचौकी निर्माण शुरु भएको छ ।
युएसआइडीको आर्थिक र प्राविधिक सहयोगमा मकवानपुरको दुर्गम तथा ग्रामीण क्षेत्रमा बेग्लाबेग्लै स्थानमा विद्यालय र स्वास्थ्यचौकी निर्माण हुन लागेको बिहीबार आयोजित समारोहमा बताइएको छ ।
मकवानपुर गढीको वडा नं ७ मा रहेको जनता माविको निर्माण हुने भवन शिलान्यास कार्यक्रममा युएसआइडीका उपनिर्देशक एड्रिएना हेड्सले जानकारी दिनुभयो । एड्रिएनाका अनुसार मकवानपुरमा महेन्द्र किरण मावि बसामाडी, भृकुटी मावि चुरियामाई, युग चेतन आधारभूत मावि, ज्ञान ज्योति मावि, वनदेवी मावि र जनता मावि तथा सुकौरा स्वास्थ्यचौकी र काँकडा स्वास्थ्यचौकी भवन निर्माण हुने बताइएको छ । ती भवन विसं २०७७ वैशाखसम्ममा पूरा हुनेछ ।