राजबिराज । जंगली हात्तीको लाई रोक्न प्रहरीले शुक्रबार मध्यराति चार राउण्ड हवाइ फायर गरेको छ ।
रुपनी गाउँपालिकाको विभिन्न क्षेत्रमा हवाइ फायर गरेर कोशी टप्पु बन्यजन्तु आरक्ष बाट निस्केको जंगली हात्ती भगाएका थिए । ।जंगली हात्तीको समूह नै बस्तीमा प्रवेश गर्न खोजेपछि प्रहरी टोलीले हवाइ फायर गरी जंगली हात्तीलाई धपाएको प्रहरीले जनाएको छ ।
आरक्ष क्षेत्रबाट निस्केको हात्तीको समूह आसपासको जंगल हुँँदै गाउँमा प्रवेश गरेको खबर पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । आरक्षको जंगलमा बस्ने हात्ती दुई सातादेखि रातको समयमा गाउँ प्रवेश गर्न थालेपछि रुपनी र अग्नीसाइर कृष्णासवरण गाउँपालिका तथा कञ्चनरुप नगरपालिका बासिन्दा आतंकित बनेका छन् । हात्ती आतंकका कारण उक्त क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् ।
हात्तीको आक्रमणमा परी सप्तरीमा एक वर्षभित्र ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस वर्ष हात्तीले ४८ वटा घर भत्काउनुका साथै एक सय विगाह भन्दा धेरै जमिनमा लगाइएको अन्नबाली नष्ट गरेको स्थानीय कृषकहरुले बताए ।