कोरोना रोकथामका लागि विश्व बैङ्कको नेपाललाई तीन अर्ब ५० करोड सहुलियतपूर्ण ऋण

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)को महामारी रोकथाम तथा सार्वजनिक स्वास्थ्य सेवा सुधारका लागि विश्व बैङ्कले नेपाललाई तीन अर्ब ५० करोड रुपियाँ (दुई करोड ९० लाख अमेरिकी डलर)भन्दा बढी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । ।

कोभिड १९ आकस्मिक सम्बोधन तथा स्वास्थ्य प्रणालीको तयारी परियोजनाका लागि उक्त रकम खर्च हुने मंगलवार अर्थ मन्त्रालय र विश्व बैङ्कबीचको भएको सम्झौतामा स्पष्ट पारिएको छ ।

विश्व बैङ्कको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) मार्फत उपलब्ध गराइने उक्त ऋण सम्झौतामा हस्ताक्षरपश्चात् नै कार्यान्वयनमा आउने छ । उक्त रकम कोरोना भाइरस सङ्क्रमण रोकथामको तयारी तथा आकस्मिक सहायतामा प्रयोग हुने छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here