लकडाउनमा पनि बिजुलीमा भारतकै भर

काठमाडौँ । अहिले मुलुकभर ‘लकडाउन’ छ । उद्योगधन्दा, कलकारखाना बन्द छन् तर पनि बिजुली भारतबाटै ल्याएर काम चलाउनु परेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आन्तरिक रुपमा विद्युत्को आपूर्ति व्यवस्थापन गर्न अहिले पनि भारतबाट बिजुली आयात गर्नु परिरहेको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङ

शहरी क्षेत्रका अधिकांश बासिन्दा गाउँतिर हिडिसकेका छन् । गाउँघरतिर बिजुलीमा खाना पकाउने वा ग्यासमा पकाउने सुविधा अझै भइसकेको छैन । शहरमा बस्नेलाई आधा भएपनि खाना पकाउने ग्यास सिलिण्डर बाँडिदै आएको छ । खाना पकाउन इन्डक्सन चुल्हो खरिद गर्न सरकारसँग छैन । बजारबाट किनौ भने सबै सुनसान छ ।

यद्धपी यस्तो बेला समेत नेपालले भारतबाटै किन बिजुली ल्याउनु परिरहेका छ त ? भन्ने जिज्ञासामा घिसिङले भने, अहिले साँझको पिक आवरमा भारतबाट औसतमा दैनिकजसो २०० मेगावाट र बिहानाको पिक आवरमा १५० मेगावाट आयात भइरहेको छ । हाम्रो आन्तरिक उत्पादनले नपुगरै यसो गरिएको हो ।

घिसिङले भने अनुसार लकडाउनका बेला पनि साँझको पिक आवरमा बिजुलीको माग ९५० मेगावाट भने बिहानको पिक आवरमा ७५० मेगावाट छ । यो माग अनुसारको बिजुली नेपालसँग नभएर भारतबाट ल्याउनु परेको हो । हालको अवस्थामा राती सुनसान भएको अवस्थामा मध्यरातीतिर ४५० मेगावाट बिजुली खपत हुने गरेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here