काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले नेपाल सरकारले तयार पारेको जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय अनुकुलन योजना प्रभावकारी रुपमा कार्यान्वयन हुने बताएका छन् ।
जलवायु परिवर्तन अनुकुलन योजनाको कार्यान्वायनसँग सरोकार राख्ने बिभिन्न मन्त्रालय, सहयोगी संस्थाहरुको समन्वय बैठकमा सचिव डा. कँडेलले आगामी वर्षको बजेट निर्माण गर्दा जलवायु अनुकुलनका कार्यक्रम समेटिने समेत बताए ।
गृह, शिक्षा, स्वास्थ्य, स्थानीय विकास, कृषि, उद्योग, पर्यटन, अर्थ र राष्ट्रिय योजना आयोगका उच्च पदस्थ कर्मचारी तथा सहयोगी संस्थाका प्रतिनिधिको सहभागिता रहेको बैठकमा सचिव डा. कँेडलले आआफ्ना मन्त्रालयबाट जलवायु अनुकुलन तथा न्यूनीकरणका कार्यक्रम आगामी बजेटमा समेट्न आग्रह पनि गरे ।
नेपालले जलवायु अनुकुलन तथा न्यूनीकरणका कार्यक्रमहरु सञ्चालन गरी आगामी सन् २०४५ सम्म ‘नेट जिरो’ मा पुग्ने महत्वकांक्षी योजना सुनाउँदै सो उपलब्धी हासिल गर्न विश्व समुदायले नेपालले प्रश्ताव गरेको आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्नुपर्ने बताए ।
स्थानीय र प्रदेश सरकारसँग पनि समन्वय गरेर आगामी वर्षको बजेटमा जलवायु अनुकुलन तथा न्यूनीकरणका कार्यक्रमहरु विगतको वर्षमा भन्दा बढी समेट्ने कोशिस गरिने पनि डा. कँडेलले बताए ।