जडीबुटीको चोरी तस्करीमा वन कर्मचारी नै संलग्न

वीरेन्द्रनगर। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशमा कार्यरत वन कर्मचारीको मिलेमतोमा जडीबुटीको चोरी, निकासी, पैठारी हुने गरेको बताएका छन् ।

उनले कर्णाली प्रदेशबाट निकासी हुने जडीबुटी कागजमा थोरै देखाइने गरेको तर ट्रकका ट्रक मालवस्तु निकासी हुने गरेको बताए ।

शुक्रबार वीरेन्द्रनगरमा आयोजित वन उपभोक्ता महासङ्घद्धारा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनेका छन्, यहाँको जडीबुटी खासमा चोरी पैठारी हुने गरेको छ । यसमा वन कर्मचारीको प्रत्यक्ष संलग्नता रहेको छ । जडीबुटीबाट सरकारलाई आउनुपर्ने राजस्व पनि आउन सकेको छैन । यहाँ बदमासी मात्र हुने गरेको छ ।

मुख्यमन्त्री कँडेलले कर्णाली क्षेत्र बहुमुल्य जडीबुटीहरुको खानी हो भन्ने गरिन्छ तर सुर्खेतमा त्यस्ता जडीबुटी खोजेर पनि नपाइने गरेको बताए । उनले भने, ‘खै त यहाँ के पाइन्छ ? भन्न त सबैले जडीबुटीको राजधानी कर्णाली भन्ने गरेका छन् तर खोज्दा केही भेटिदैन । मलाई अलि अलि थाहा छ, यहाँको जडीबुटीको चोरी, निकासी, पैठारी हुनुमा यहाँका वनका कर्मचारीको बढी हात छ ।

वन कार्यालयका कर्मचारीको प्रत्यक्ष संलग्नतामा जडीबुटीको चोरी, पैठारी र निकासी हुने गरेको छ, यसलाई कहिले र कसरी सुधार गर्ने होला ?

मुख्य मन्त्री कँडेलले भने, यो विषयमा म भन्दा बढी तपाईंहरु नै जानकार हुनुहुन्छ । मैले त भर्खर एक वर्षदेखि सरकारमा गएर देखेको छु, अलि अलि, थोरैथोरै मात्र जान्या छु । यहाँका वनका कर्मचारीहरुले त वर्षौँदेखि यही कारोवार गरिरहनु भएको छ, जडीबुटीको सिफारिस गरिरहनु भएको छ ।’

मुख्यमन्त्री कँडेलले कर्मचारीको मिलेमतोमा राजस्व समेत चुहावट भइरहेको बताए । उनले कर्णाली प्रदेशबाट निकासी हुने जडीबुटी कागजमा थोरै देखाइने गरेको तर ट्रकका ट्रक मालवस्तु निकासी हुने गरेको बताए । यसो हुनुमा वन कर्मचारी नै मुख्य जिम्मेवार भएको बताउँदै उनले भने वन कार्यालयका कर्मचारीको प्रत्यक्ष संलग्नतामा जडीबुटीको चोरी, पैठारी र निकासी हुने गरेको छ, यसलाई कहिले र कसरी सुधार गर्ने होला ?

यसो आकलझुकल, कहिलेकाँही त्यस्ता मालवस्तु समातिने गरेका छन् तर त्यसपछि कारवाही गरेको देखिदैन । ती समातिएका मालवस्तु के गरिन्छ भन्ने पत्तो पाइदैन । मिलेमतोमा काम हुने गरेको हो कि भन्ने आशंका छ ।

मुख्य मन्त्री कँडेलले भने, वन कर्मचारीले प्रहरी प्रशासनलाई समेत मिलाएर जडीबुटीको चोरी निकासी पैठारी गर्ने गरेका छन् । यसो आकलझुकल, कहिलेकाँही त्यस्ता मालवस्तु समातिने गरेका छन् तर त्यसपछि कारवाही गरेको देखिदैन । ती समातिएका मालवस्तु के गरिन्छ भन्ने पत्तो पाइदैन । मिलेमतोमा काम हुने गरेको हो कि भन्ने आशंका छ ।


मुख्य मन्त्री कँडेलले कर्णाली प्रदेशमा काठ भन्दा पनि बहुमुल्य जडीबुटी चोरी तस्करीमा बदमासी हुने गरेको दोहोरयाउँदै भने, यहाँका काठको ठूलो समस्या छैन, काठ पनि मिलेमतोमा जाने गरेको छ, समस्या धेरै जडीबुटीमा छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here