समाचार विश्लेषण
काठमाडौँ । वन मन्त्रालयको इतिहास हेर्दा वन संरक्षण भन्दा पनि काठ काट्नैमा बढी समय गएको देखिन्छ । वन मन्त्रालयको नेतृत्व केही वर्ष पहिलेसम्म देहरादुन ब्याचीको हातमा थियो । नेपालका वन प्राविधिकले देहरदुनमा प्राप्त गरेको ज्ञानलाई केबल काठ काट्ने काममा मात्र प्रयोगमा ल्याउन सके । वनको वैज्ञानिक व्यवस्थापनका बारेमा देहरादुन व्याचले पढ्न त पढ्यो तर व्यवहारमा भने उतार्न नसकेको तीतो यथार्थ नै हो । देहरादुन व्याच कमाउनमै व्यस्त रहेको र कमाउनै मै प्रतिष्पर्धा भएको देखिन्छ । यसको अर्थ सबैले कमाए अनि वन सखाप पारे भन्ने पनि होइन । पुराना पुस्ताले वन नजोगाएको भए अहिलको पुस्ताले के देख्न पाउन्थ्यो र ? वनको क्षेत्रफल हेर्दा हरेक वर्षजसो वनक्षेत्र भित्र रुखको घनत्व र क्षेत्रफल नै घट्नु र नयाँ वन सिर्जना नहुनुले यही देखाइरहेको छ । हिजोका दिनमा नेतृत्व तहमा बस्नेले विश्वविद्यालयमा जे पढे, त्यसको वास्तविक प्रयोग गर्न सकेनन् । प्रयोग भयो त काठ काट्ने कुराको मात्रै ।
धेरै टाढा नजाउँ अस्तिको हो जस्तो लाग्छ, जमुनाकृष्ण ताम्राकारको खल्तिमा ५० हजारको नोट छिरेका । महानिर्देशक भइसकेको दिव्यदेव भट्टलाई आरडीमा सुर्खेत लखेटेको । ललितपुरमा २४ सै घण्टा पहरा दिइरहेको ठाउँबाट रक्तचन्दन बोेकेका गाडी आफै स्टार्ट भएका घटनाका साक्षी मातृका यादव अझै मन्त्री पद खाँदै छन् ।
एक जना पुराना हुने खाने तर आफुले वन मन्त्रालयको कर्मचारी भएर केही गर्न नसकेको इच्छा जाहेर गर्ने पूर्व उच्च अधिकारीले भनेको थिए, मैले कमाउन सकिन र त म इमान्दार भइन । हाम्रो पालामा कमाउनु नै इमान्दारीता थियो । म त्यो बाटोमा हिड्न नसकेकै हो । अनि मलाई कसले पनि गन्दैनन् । म चल्ताफुर्ता डिएफओ हुन नसकेकै हो ।
विकासक्रमसँग देहरादुनपछि हेटौँडा र पोखराको व्याचीले हाल नेतृत्व सम्हाली राखेका छन् । यद्धपी देहरादुनदेखि हेटौँडा र पोखराको प्रोडक्टसम्म आइपुग्दा वन विज्ञानको सही प्रयोग अझै पनि हुन सकेको छैन । अहिलेका दिनमा पनि नेपालको वन प्रशासन काठ काट्ने कामकै वरीपरी रुमलिएको भेटिन्छ । हिजोको दिनदेखि वन कर्मचारीको कार्य व्यस्तता कि रुखको साइज नाप्न र कि ठेकेदारका मीलमा मात्र देखियो । वन कर्मचारी कि काठका मिलबाट पक्राउ पर्ने कि रातारात डनलप र ट्याक्टरमा काठ सप्लाई गर्ने बेला समातिएका भेटिए ।
वन संरक्षणका सफल, नयाँ विधि तथा प्रविधिको प्रयोगमा भन्दा पनि कसरी काठ काट्ने र समाजमा हुने खाने देखाउने भन्नेमा सिनियरको स्कुलिङ भएर होला, पछिल्लो पुस्ताका नेतृत्वमा पनि काठ काट्ने अनि रातारात धनी हुने प्रवृतिको मोहले अझै छोडि सकेको देखिदैन । तर हिजोका दिनमा सबै त्यस्तै थिए र आजपनि त्यस्तैको बाहुल्यता छ भन्ने पनि होइन । पुरानो पुस्तामा इमान्दारको कमी थिएन तर ती इमान्दार वन प्रशासकहरु कहिल्यै माथि उठ्न सकेनन् र चर्चामा आउन सकेनन् । नेतृत्व समाल्न सकेनन् । जो माथि उठे, जसले चर्चा पाए, तिनले प्रशस्त रुख काटे र पैसा कमाएका थिए । अनि दृटान्त बन्दै गयो कि जसले बढी रातारात रुख काट्छ, जुन जिल्लामा गयो, त्यही घरेडी जोड्छ, डिजी सचिव मन्त्रीसम्म खुसी पार्न सक्छ, उसैले जहाँ पनि जहिले पनि नेतृत्व पाइरहेको हुन्छ । दुधको दूध, पानीको पानी त कसैले छुट्याउन सक्दैन होला तर पनि जिउँदो इतिहासलाई कसैले पनि मेटेर मेट्न सक्दैन । धेरै टाढा नजाउँ अस्तिको हो जस्तो लाग्छ, जमुनाकृष्ण ताम्राकारको खल्तिमा ५० हजारको नोट छिरेका । महानिर्देशक भइसकेको दिव्यदेव भट्टलाई आरडीमा सुर्खेत लखेटेको । ललितपुरमा २४ सै घण्टा पहरा दिइरहेको ठाउँबाट रक्तचन्दन बोेकेका गाडी आफै स्टार्ट भएका घटनाका साक्षी मातृका यादव अझै मन्त्री पद खाँदै छन् । यो यथार्थताको छाया पछिल्लो पुस्तामा केही मात्रामा पर्नु र परिरहनु स्वभाविक पनि हो । ‘भालुभुते’ नाम दिइने तल्लो तहका वन कर्मचारीले प्रधानपञ्चको भाले खाएको इतिहास फेरी अब नदोहोरिएला । भालुभूतेले प्रधानपञ्चको भाले खाने जमानामा डिएफो साहेव र विभागको डिजी साहेव र तिनका साहेब्नीको हैसियत कति उच्च र सम्मान गर्न लायक हुन्थ्यो होला । त्यसको अनुमान जति गर्दा पनि छेउ, पुच्छर भेट्दैन होला । अहिलेको डिजीको हैसियत त्यो रहेन, हाम्रा सामु घाम जस्तै छर्लङग छ ।
समय एकनासको हुँदैन । हिजो के थियो, त्यो आज छैन । भोली झन आजको स्थिति रहँदैन । यो बीचमा थुप्रै राजनीतिक परिवर्तन भइसके । भालुभूतेलाई भाले चढाउने प्रधानपञ्च पनि मरिसके । देहरादुनको ह्याङका अवशेषहरु बिस्तारै हराउँदै छन् । रहल पहलले ती पदचाप समाते पनि अल्पमतमा पर्दै गइरहेका छन् । काठ काट्नैका लागि जागिर खानेहरुको चर्चा अहिले वन विभागको सिढी र मन्त्रालयका क्यान्टिनमा हुन थालेको छ । अहिलेको यथार्थ अवस्था यही देखिन्छ । कमाउने धन्दामा लागेको ‘जफका दागहरु’ टाढैबाट आउँदा यता कुरा चल्न थाल्नुले अब हिजोको प्रवृति अल्पमतमा छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । हिजो पो काठ ठेकेदारले बक्सिस वापत ल्याइदिएको घिउ शरिरमा गन्हाउन्थ्यो, हिजो पो पहाडको मिठो दाल, सुकुटी अनि लोकल बासमति चामलको भात, लोकल भाले र खसिको मासु शरिरमा टाँसिएको थियो । अब त समय परिवर्तन भएको छ । तल्लो तहका कर्मचारी के गर्छन् ? कसो गर्छन् ? भन्ने कुराले त्यति अर्थ राख्दैन, जब डिजिभन हाँक्ने लिडर ‘अच्छा’ भयो भने । अरु कर्मचारी आफै अच्छा हुन खोज्छन् र हुनु पनि पर्छ ।
‘भालुभुते’ नाम दिइने तल्लो तहका वन कर्मचारीले प्रधानपञ्चको भाले खाएको इतिहास फेरी अब नदोहोरिएला । भालुभूतेले प्रधानपञ्चको भाले खाने जमानामा डिएफो साहेव र विभागको डिजी साहेव र तिनका साहेब्नीको हैसियत कति उच्च र सम्मान गर्न लायक हुन्थ्यो होला । त्यसको अनुमान जति गर्दा पनि छेउ, पुच्छर भेट्दैन होला । अहिलेको डिजीको हैसियत त्यो रहेन, हाम्रा सामु घाम जस्तै छर्लङग छ ।
एउटा ‘जफका नामुद’ महामहिमले केही वर्ष पहिले राष्ट्रिय झोलको रसपानको बेहोसीमा आफुले बुचरको पसलबाट खसिको टाउको दक्षिणकालीमा पूजा गरेर तात्तातो शुद्ध ‘प्रसाद’ ल्याइदिएको भन्दै तत्कालिन डिजीलाई टक्र्याएको घटना सुनाउँदा हलभरी हाँसो छुटेको थियो । यो घटनाले के देखाउन्छ भने नेतृत्वलाई चाकरी, पैसा चाहिँदो रहेछ । बुचरले ‘हलाल’ गरेको अशुद्ध बस्तुलाई दक्षिणकालीको प्रसादको रुपमा स्वीकार गर्ने नेतृत्वको क्षमता के मा निर्भर रहेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ । गोबर र ….. छुट्याउन नसक्ने हैसियतमा नेतृत्व झरेपछि ती ‘जफका नामुद’ महामहिमले सायद थप केही थान रुख रातारात काट्ने ‘तथास्तु भवः’ को बाणी सहितको बरदान पाए होलान् भन्ने अनुमान गर्न सकिन्छ ।
हिजो पो देहारादुन चार धाम थियो । आजको पुस्ताले देहरादुन होइन, डेनमार्क, नेदरल्याण्ड, अष्टे«लिया, जर्मनका चारधामको शिक्षा दिक्षा लिएर आएको छ । पान खाएर पिच्च थुक्ने ‘देहरादुनी गुरु बा’ र जथाभावी थुक्नु हुन्ने बंशका ‘खैरे गुरुबा’को गुरु मन्त्राणामा फरकपन हुन्छ नै । यी दुई गुरुबाको यहाँ स्कुलिङको कुरा गर्न खोजेको हो । प्राकृतिक स्रोत पुस्तौँसम्म पालि राख्ने र जोगाई राख्ने मात्र होइन, त्यो स्रोतको अस्तित्वमा संकटमा नपर्ने गरीकन त्यसको सदुपयोग गर्नुपर्छ भन्ने कुरा नै गुरुबाले कानमा फुकेका भएपनि पुरानो पुस्ताले आफ्नो व्यक्तिगत सदुपयोगका लागि मात्र वन स्रोतको दोहन गरेको इतिहासलाई अब समुन्द्र पारीका धामको शिक्षा दिक्षा लिएका वर्तमान नेतृत्वले फेर्न सक्नुपर्छ ।
आनी बानी र प्रवृति फेर्न र फेराउने कुरा सहज र अनुमानयोग्य हुँदैन । संसारमा सबैभन्दा जटिल विषय रुपान्तरण हुनु हो । अझै पनि पुरानो हयाङ भएका केही साहेवहरु कैलाली, डडेल्धुरा, उदयपुर, इलाम, धनकुटा, बारा, पर्साको नाम जप्दै रुद्राक्ष माला बोक्दै हिंडेका भेटिन्छन् ।
हिजो पो देहारादुन चार धाम थियो । आजको पुस्ताले देहरादुन होइन, डेनमार्क, नेदरल्याण्ड, अष्टे«लिया, जर्मनका चारधामको शिक्षा दिक्षा लिएर आएको छ । पान खाएर पिच्च थुक्ने ‘देहरादुनी गुरु बा’ र जथाभावी थुक्नु हुन्ने बंशका ‘खैरे गुरुबा’को गुरु मन्त्राणामा फरकपन हुन्छ नै ।
‘यो सचिव त हाम्रो कुरै सुन्दैन, चाहेको कुरा हामीले पनि दिन सक्थ्यौ नि ….. मन्त्रीसँग पुग्दा, हुन्छ म सचिवसँग कुरा गर्छु भन्नुहुन्छ तर पनि टुङ्गो लागेको छैन… भन्नेहरुको जमात चार महिना अघिसम्म निकै थियो तर अहिले समायोजनको पिरोले ओठहरु झमझमाइरहेका हुन कि क्यो हो ? टिमुर लागे झैँ भएको साहेवहरुको जिब्रो त्यति चलबलाएको देखिदैन । हुलका हुल साहेवहरु वन मन्त्रालयका आँगनमा त भेटिन्छन् । के छ ? खबर भनेर रुचीपूर्वक सोधनी हुँदा पनि खासै दमदार उत्तर आउदैन । नुन खाएको कुखुरो झोक्राए झै यो समायोजन बुटीले कति दिन जिब्रोमा टर्राे पार्ने हो ? अब त काम गर्न निकै गाह्रो छ, प्रदेश र स्थानीय तहको निकै जगजगी भइरहेको छ भन्ने गुनाशो गर्नेको पनि अझै कमी छैन । हो, हिजोका दिनमा पो त भाले खानुभयो, जुन जिल्लामा कुर्शी हल्लाउनुभयो त्यही जिल्लामा घर घरेडी जोड्नुभयो । अझै त्यही सपना देख्ने काम त अलि समय सापेक्ष भएन कि ?
राज्यले यहाँलाई राष्ट्र सेवकको दर्जा दिएको छ । तर यहाँ त राष्ट्रको सेवा गर्न छोडेर मेवा टिप्न थाल्नुभयो भने यो देश कसले बनाउने ? कसले सुधार गर्ने ? तीन करोड नेपाली मध्य कति जनाले राष्ट्रसेवक हुने अवसर पाउनुभएको छ ? यो मातृभूमिलाई यहाँले केही गर्ने ठूलो अवसर प्राप्त गर्नुभएको छ । जननी जन्म भूमिस्च्य स्वर्गादपी गरिःयसी । किन भनेको होला ? कहिल्यै ख्याल गर्नु भएको छ ?
अब वर्तमान नेतृत्वको कुरो गरौँ । वर्तमान नेतृत्वले सात समुन्द्रको विकास र प्रगति देखेको छ । नजिकबाट भोगेको छ । त्यति मात्र होइन, आफ्नो देशभित्रका लुला लँगडा, गरिव, विपन्न आफन्त, छिमेकी, गाउँबासी,, जिल्लाबासी र समग्र देशबासीको अवस्थासँग पनि परिचित छ । के अहिलेको सचिव, सहसचिव र उपसचिव लगायत सबै कर्मचारीका काका, मामा, भाञ्जा, ठूला दाई अनि भाईहरु हुने खानै छन् त ? सबै यहाँकै सरह जागिर पेशामा छन् त ? यहाँको जस्तै आर्थिक हैसियत छ त ? सात पुस्तासम्मको लेखाजोखा गर्ने हो भने हाम्रो बंशमा सायद यति ठूलो पदमा पुगेका हामी एक जना हुन सक्छौँ । अनि बाँकी ओहोदामा नपुगेका आफन्तको उत्थान गर्ने, ती आफन्तको समृद्धिको सपना पुरा गर्ने जिम्मा यहाँहरुको होइन र ? यो कुरामा अहिलेको वन प्रशासनको नेतृत्व सम्वेदनशिल हुनुपर्छ र छ जस्तो पनि लाग्छ । अझै भविष्य सुन्दर र उज्जल देखिएको अहिलेको वनको नेतृत्वले जस्तो परिस्थितिमा पनि खुट्टा कमाउनु हुँदैन । भावी पुस्ताले त्यसको उचित मूल्याङ्कन गर्नै नै छन् ।
इमान्दारिता कसैले सिँकाएर सिकिने विद्या होइन । तर पनि अहिलको वन प्रशासनको नेतृत्वलाई हिजोको पुस्ताको जस्तो ‘कमाउ इमान्दारिता’ गर्ने छुट छैन । हिजोका दिनमा जो जो बदनाम भए, ती सबैले बदनाम हुन्छु भनेर काम गरेका पनि होइनन् । लहड नै त्यस्तै थियो । कमाउ लहडबाट जोगिनेहरु पनि थिए, जो अहिले पनि इमान्दारको सूचीमा दर्ज छन् । बुचरको पसलबाट ल्याएको टाउको दक्षिणकालीको प्रसादको रुपमा ग्रहण गर्दै कमाउ लहडमा जो चले, तिनको कुरा लहडकै सूचीमा सूचीकृत गरिरहेको छ पछिल्लो पुस्ताले । समय बगिरहन्छ तर कसरी बग्ने त्यो नेतृत्वको क्षमता, दक्षता, इच्छा, मनोवृति र संस्कारमा भर पर्छ ।