नेपाल कथा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु स्वीटजरल्याण्डमा कसैका खाता चेक गर्न नगएको बताउनुभएको छ ।
स्वीटजरल्याण्डको डावोसमा अन्तराष्ट्रिय आर्थिक मञ्चको कार्यक्रममा भाग लिएर छ दिनपछि फर्किनु भएको प्रधानमन्त्री ओलीले हालै सञ्चारमाध्याममा आए अनुसार नेपालीले पनि गैर कानूनी ढंगले स्वीटजरल्याण्डका बैँकमा रकम राखेको कुरालाई सही ढंगले अध्ययन अनुसन्धान हुनु पर्ने बताउनुभयो ।
उहाँले यसको गहन अध्ययन नभइ कसरी कुरा गर्न सकिन्छ ? हालै सञ्चारमाध्यामा आएका कुरामा कति सत्यता छ ? सञ्चारकर्मीसँग उल्टै प्रतिप्रश्न गर्दै भन्नुभयो ।