दुई दिनमा एक करोड खर्च गर्दै वनमन्त्री बस्नेत

काठमाडौँ ।असार मसान्तलाग्नै थाल्दा सरकारी ढुकुटी कसरी खर्च हुन्छ भन्ने कुराको एउटा सफल उदाहरण वन तथा वातावरण मन्त्रालयभएको छ । हरेक वर्ष जुन ५ लाई नेपालले विश्ववातावरण दिवस मनाउदै आएको छ । यस वर्ष पनि सो दिवस मन्त्रालयले भव्यताको साथ मनाउने तयारी गरिरहेको छ ।

अघिल्ला वर्षमा मुश्किलले १० लाख रुपियाँमा मनाइने यो दिवस यस वर्ष झण्डै एक करोड रुपियाँ खर्च गरेर मनाउन थालिएको छ । नेपालगञ्जमा कार्यक्रम राखेर यति ठूलो रकम किन स्वाहा पार्ने काममा मन्त्रालयलाई कसले हौसला दियो ? भन्ने जिज्ञासामा वन तथा वातावरण मन्त्रालयका एक सहसचिवले भने, मन्त्रीको चाहाना अनुसार हामीले काम गरेका हौँ । उहाँले आफ्नो क्षेत्रलाई हेरेर नेपालगञ्जमा कार्यक्रम गर्ने र राष्ट्रपतिलाई समेत लैजाने भनेपछि खर्चको भोलुमनिकै बढेको हो । अघिल्ला वर्षको जस्तै काठमाडौँमै दिवस मनाएको भए पनि हुन्थ्यो । मन्त्रीले चाहानुभयो, नेपालगञ्जमै कार्यक्रम गरेपछि खर्च त भइहाल्ने नै भयो ।

मन्त्रि बस्नेत बस्ने होटल शिद्धार्थ

वर्षमा ३६५ दिन हुन्छन् । प्रायः हप्ता जसोमा एक न एक दिवस नै परेको हुन्छ । विकसित राष्ट्रले दिवस मनाउने भन्दा पनि काम गरेर देखाउने गरेका हुन्छन् तर नेपालमा दिवस मनाउने अनि आफ्नो स्वार्थ सिद्ध गर्ने पुरानो प्रवृतिले अझै निरन्तरता पाइरहेको छ । ती सहसचिवले भने, निरन्तरता मात्र होइन, सरोकार राख्ने र नराख्ने अनावश्यक मानिसलाई बोलाई नेपालगञ्जमा भोज खुवाएर दिवस मनाएको उपलब्धी राज्यलाई केही छैन । उपलब्धी भए मन्त्रीका भोट बढ्ने होलान् । राज्यको यति ठूलो रिसोर्स खर्च गरेर मन्त्रालयलाई केही प्राप्त होला जस्तो मलाई लाग्दैन ।

वन तथा भूसंरक्षण मन्त्रालयको जैविक विविधतामा लामो समय सम्म काम गरेका सेवानिवृत एक सचिवले भने, मन्त्रीले जे चाह्यो त्यहि हुने मुलुकको दुदर्शा भनेकै यही हो । एउटा दिवसका लागि एक करोड रुपियाँ खर्च गर्ने मन्त्रीले जाजरकोटमा निशुल्क सिटामोल पठाउने व्यवस्था गरेको भए बरु राज्यको ढुकुटीको सदुपयोग भएको मानिन्थ्यो कि ?

अरु मन्त्रालयका कुरा नगरेर वन तथा वातावरण मन्त्रालयले मात्र एक वर्षमा कति दिवस मनाउन्छ भन्ने लेखाजोखा गर्ने हो भने औसतमा महिनामा कम्तिमा दुई दिवस मनाउने गरेको भेटिन्छ । वन तथा वातावरण मन्त्रालयले हरेक वर्षमा जैविक विविधता दिवस, बाघ दिवस, हात्ती दिवस, ओत दिवस, गैँडा दिवस, पानी दिवस, सिमसार दिवस, पृथ्वी दिवस, सामुदायिक वन दिवस, पर्वतीय दिवस, विश्व वन्यजन्तु दिवस, चुरे दिवस लगायतका दर्जन भन्दा बढी दिवस मनाउने गरेको छ । यी सबै दिवसमा मन्त्रीले एक/एक करोड रुपियाँखर्च गर्ने हुनभने नेपालको बजेट दिवसमा मात्र कति सकिन्छ होला ?

वन तथा भूसंरक्षण मन्त्रालयको जैविक विविधतामा लामो समय सम्म काम गरेका सेवा निवृत एक सचिवले भने, मन्त्रीले जे चाह्यो त्यहि हुने मुलुकको दुदर्शा भनेकै यही हो । एउटा दिवसका लागि एक करोड रुपियाँ खर्च गर्ने मन्त्रीले जाजरकोटमा निशुल्क सिटामोल पठाउने व्यवस्था गरेको भए बरु राज्यको ढुकुटीको सदुपयोग भएको मानिन्थ्यो कि ?

राष्ट्रपति बस्ने होटल शोल्टी

यो दिवस मनाउने सरकारले आफुसँग पैसा नपुगेर दाताहरुलाई हात समेत थापेको छ । वातावरण विभागका अनुसार मन्त्रालयका सहसचिव डा. सिन्धुप्रसाद ढुंगानाको नेतृत्वमा दिवस मनाउन रकम जुटाउन छुट्टै समिति नै बनाएको छ । सो समितिले इसिमोड, आइयुसिएन, डब्लुडब्लुएफ, युएनडिपी लगायतका दातृ निकायका प्रतिनिधिलाई बोलाएर आर्थिक सहयोगको अपिल गरेको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनसँग अष्ट्रिया हिड्नु अघि वनमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीलाई बोलाई नेपाल सरकारको बजेटले नपुगे दातृ संस्थाबाट भनेर समेत नेपालगञ्जको कार्यक्रम सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिएका थिए ।

सचिव डा.ओलीले सकभर दिवसलाई सामान्य तरिकाले मनाउने, मनाउनै परे पनि नेपाल सरकारको पैसाले जति पुग्छ त्यही अनुसारको कार्यक्रम बनाएर मनाउने कुरा राखे पनि मन्त्रीले नमानेपछि डा. ढुंगानालाई दातृनिकायका प्रतिनिधिलाई बोलाएर रकमको जोहो गर्ने जिम्मा दिइएको थियो । डा. ढुंगानाले बोलाएको पहिलो बैठकमा दिवस मनाउन आर्थिक सहयोग गर्न नसकिने बताएका दातृ निकायका प्रतिनिधिले मन्त्रीको सचिवालयबाट लगातार फोन जान थालेपछि सहयोग गर्न राजी भएको संरक्षण साझेदार संस्थाका एक प्रतिनिधिले बताए ।

उनले भने, हामीले पनि मन्त्रालयसँग मिलेर काम गर्नुपर्ने हुन्छ । पहिलो बैठकमै यस्ता दिवस मनाउने काममा सहयोग गर्न सकिदैन भन्दा बुझ्नु पर्ने हो तर मन्त्रालयबाट तारन्तार फोन आउन थालेपछि हामी पनि रकमदिन तयार भएका हौँ । हामीले त दिवस मनाएर भोज भतेरमा पैसा खर्च गर्नुभन्दा देखिने काममा खर्च गरौँ भनेको हो तर मन्त्रालयले मानेन ।

यो वर्षको वातावरण दिवस मनाउनका लागि सहभागी हुने राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालगञ्ज स्थित सोल्टी होटल बुक गरिएको छ । मन्त्री शक्तिबहादुर बस्नेतले आफु र आफ्नो सचिवालयका कर्मचारी, विशेष गरी कर्णाली प्रदेशबाट आउने सहभागीका लागि होटल सिद्धार्थ बुक गर्नु भएको छ । काठमाडौँबाट व्यवस्थापनका लागि चार दिन अघि नै नेपालगञ्जतिर हिड्नु भएका वातावरण विभागका उपसचिव शंकर पौडेलले दिएका जानकारी अनुसार राष्ट्रपति भण्डारीका लागि २१,२२ गतेको लागि होटल सोल्टी बुक गरिएको हो । २३ गते राष्ट्रपति भण्डारी काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । होटल सिद्धार्थमा मन्त्री बस्नेत, मन्त्रालयका सचिव डा. विश्वनाथओली, राष्ट्रिय योजना आयोगका सदस्य डा. केपीओलीको बासस्थान तय गरिएको छ ।

मन्त्रालयले उठाएको टिप्पणीमा २० लाख रुपियाँ होटल खर्च मात्र भनेर प्रश्ताव स्वीकृत गरिएको छ । नेपालगञ्जमा सहभागीलाई बस्नका लागि सोल्टी र सिद्धार्थ बाहेक किचनहट, सिटी प्यालेस, ग्यालेक्सी दरबार लगायतका सुविधा सम्पन्न होटल बुक गरिएका छन् । विभागका महानिर्देशक नारायण सापकोटाका अनुसार कार्यक्रममा करिब ३०० व्यक्तिको सहभागिता हुनेछ ।

चालु आर्थिक वर्षमा मन्त्रालयले वातावरण संरक्षण महाअभियान सञ्चालन गरिरहेको छ । सो महाअभियानमा विनियोजन गरेको रकमबाट मन्त्री बस्नेतले ४० लाख रुपियाँ नेपालगञ्जको कार्यक्रमका लागि छुट्याउन लगाएका छन् । बाँकी रकम डब्लुडब्लुएफ हरियो वन, इसिमोड, आइयुसिएन, यूएनडिपी लगायतका संस्थाबाट संकलनगर्न मन्त्रालयले निर्देशन दिइसकेको छ । २० लाख रुपियाँमात्र होटल खर्च गरिने कार्यक्रममा सहभागीहुने व्यक्तिलाई दैनिक भ्रमण भत्ता, आउने जाने टिकट, कार्यक्रममा लाग्ने मसलन्द, टिसर्ट, भेष्ट, टोपी, डायरी, पेनको खर्च हेर्दा त अचम्म लाग्दो छ । विभागले ३० लाख रुपियाँ खर्च गरेको छपाएका टिसर्ट, भेष्ट, टोपीपनि सोही कार्यक्रममा बाँड्नका लागि नेपालगञ्ज पुर्याइसकिएको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार कार्यक्रममा सहभागी २१ गतेदेखि २३ गतेसम्म नेपालगञ्ज बस्नेछन् । तीन दिनका दैनिक भ्रमण भत्तामात्र १५ लाख रुपियाँ छुट्याइएको छ । हामीले अनुमान गरेको भन्दा बढी व्यक्तिको सहभागिता हुनसक्छ, मन्त्री पनि त्यही क्षेत्रको भएकाले सहभागिता बढ्ने र अनुमान गरिएको भन्दा बढी पैसा खर्च हुने स्थिति देखिएको छ, ती अधिकारीले भने ।

यो कार्यक्रमका लागि बुक गरिएका होटलमा कति महंगो हुन्छन् कोठा ? तीन दिनका लागि २० लाख रुपियाँखर्च गर्न बस्नका लागिमात्र छुट्याइएको छ । हामीले होटलका प्रवन्धकसँग जिज्ञासा राख्दा नेपालगञ्जमा निकै गर्मी बढेकोले सामान्य अवस्था भन्दा एसी रुमको भाडा दोब्बर गरिएको छ । सहभागी सबैलाई एसी रुप बुक गरिएका छन् ।

कार्यक्रमका लागि सचिव डा.ओली २० गते नै नेपालगञ्जपुगेका छन् भने मन्त्री बस्नेत मंगलबार बिहानाको बुद्ध एअरको उडानबाट होटल सिद्धार्थमा बसिसकेका छन् । वातावरण दिवस नेपालले मनाउने भएपनि मन्त्रीको निर्देशन अनुसार कार्यक्रममा प्रस्तुत हुने कार्यपत्रहरु बढीजसो कर्णाली प्रदेशसँग सम्बन्धित मात्र छन् कार्यक्रममा मन्त्रालय, विभागका बरिष्ठ अधिकारीको कार्यपत्रले ठाउँ पाएको छ । नीति निर्माण तथा कार्यान्वयनमा प्रत्यक्ष संलग्नव्यक्तिको कार्यपत्र सुन्नु भन्दा बाह्य विज्ञको कार्यपत्र सुन्न र छलफल गर्न पाएपो दिवस मनाउनुको औचित्य हुन्थ्यो होला, कार्यक्रममा सहभागीहुने मन्त्रालयका एक अधिकृतले बताए ।

कार्यपत्र मन्त्रालयका सहसचिव यज्ञनाथ दाहाल, उपसचिव ज्वाला श्रेष्ठ, उपसचिव डा. केशवराजगौतम, डा.अरुण प्रकाश भट्ट, सहसचिव राधावाग्ले लगायतका कार्यपत्रले नै बढी ठाउँ लिएको । तीन दिनसम्म सुविधा सम्पन्न होटलको गरिने कार्यक्रमले नेपालगञ्ज घोषणापत्र पनि जारी गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

2 COMMENTS

  1. यो भन्दा नया कर्मचारी खुलाएर रोजगार दिनु परो
    बरु यस मा खर्च गर्नु नि।।..
    खै अरु को आयो बिगेपन खै बन को आय को

  2. खै त बन को कर्मचारी खुली को
    पैसा मात्रै खाने।।।।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here