असल चिकित्सक बन्ने सपना बुनेको शाही बम बिष्फोटनमा

काठमाडौं । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङबाट उच्च शिक्षा लिन काठमाडौँ छिरेका प्रज्वल शाहीको काठमाडौंको अनामनगरस्थित घट्टेकुलोमा भएको कुकर बम विस्फोटमा ज्यान गएको छ।

आइतबार घट्टेकुलोस्थित लोकमन्जरी कार्कीको एक तले घरमा कुकर बम विस्फोट हुँदा प्रज्वल शाहीको मृत्यु भएको हो । यो बम विस्फोटमा त्रिचन्द क्याम्पसमा विप्लवका विद्यार्थी इकाई सभापति रविन केसी घाइते भएका छन्।

शाही नेत्रविक्रम चन्दसँग विप्लव नेतृत्तवको नेकपानिकट विद्यार्थी सङठनका केन्द्रीय सदस्य थिए। बझाङ जिल्लाको सदरमुकाम रहेको जयपृथ्वी नगरपालिका अन्तर्गतको पिमी गाउँका स्थायी बासिन्दा शाहीले सिटीभिटीबाट हेल्थ असिस्टेन्ट पास गरेका थिए । पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि केही समय मेडिकल समेत चलाएका शाही सिटिभिटी इकाईको अध्यक्ष पनि थिए । शाहीका अंकल नेपाली सेनामा रहेका छन् भने उनका मामा पनि काठमाडौँमा रहेको थाहा भएको छ ।

एच ए पढ्ने बेलासम्म खासै राजनीतिको अग्रपंक्तिमा आउन नरुचाउने शाही पछिल्लो चरणमा माओबादीमा आवद्ध भएका थिए । जब बैद्य र विप्लब अलग भएपछि विप्लव नेतृत्वमा बझाडको पकड भयो अनि शाही पनि विप्लब तर्फ लागेको बताइएको छ ।

विप्लब समुहलाई सरकारले प्रतिवन्ध लगाएपछि जन्मथलो बझाङ पुगेको शाहीलाई गाउँघरका जान्ने बुझ्ने मान्छेले विप्लब समुह छाडेर आत्मसर्मपण गर्न सुझाव दिएका थिए तर उनले नमानेको कुरा थाहा भएको छ । उनीसँगै बझाडमा अरु छ जना युवा विद्यार्थीले विप्लब समुहसँग आफ्नो कुनै संलग्नता नरहेको भन्दै जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।उनीसँग काठमाडौँमा २ जना भाइ दिवस, विवस र एक बहिनी पनि बस्दै आएका छन् ।

शाही नेत्रविक्रम चन्दसँग विप्लव नेतृत्तवको नेकपानिकट विद्यार्थी सङठनका केन्द्रीय सदस्य थिए। बझाड जिल्लाको सदरमुकाम रहेको जयपृथ्वी नगरपालिका अन्तर्गतको पिमी गाउँका स्थायी बासिन्दा शाहीले सिटीभिटीबाट हेल्थ असिस्टेन्ट पास गरेका थिए । पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि केही समय मेडिकल समेत चलाएका शाही सिटिभिटी इकाईको अध्ययन पनि थिए । शाहीका अंकल नेपाली सेनामा रहेका छन् भने उनका मामा पनि काठमाडौँमा रहेको थाहा भएको छ ।

एच ए पढ्ने बेलासम्म खासै राजनीतिको अग्रपंक्तिमा आउन नरुचाउने शाही पछिल्लो चरणमा माओबादीमा आवद्ध भएका थिए । जब बैद्य र विप्लब अलग भएपछि विप्लव नेतृत्वमा बझाडको पकड भयो अनि शाही पनि विप्लब तर्फ लागेको बताइएको छ ।

विप्लब समुहलाई सरकारले प्रतिवन्ध लगाएपछि जन्मथलो बझाड पुगेको शाहीलाई गाउँघरका जान्ने बुझ्ने मान्छेले विप्लब समुह छाडेर आत्मसर्मपण गर्न सुझाव दिएका थिए तर उनले नमानेको कुरा थाहा भएको छ । उनीसँगै बझाडमा अरु छ जना युवा विद्यार्थीले विप्लब समुहसँग आफ्नो कुनै संलग्नता नरहेको भन्दै जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।

उनीसँग काठमाडौँमा २ जना भाइ दिवस, विवस र एक बहिनी पनि बस्दै आएका छन् । एचए पढीसकेपछि एमबिबिएस पढ्ने सपना बुनेको शाहीले भाइ बहिनीलाई पनि ठूलो मान्छे बनाउने योजना सुनाउँदै आएका थिए । उहाँका सहपाठी धिरेन्द्र जोशीका अनुसार आर्थिक कारणले एमबीबीएस पढ्न नसके पनि संघर्ष गर्दै पढ्ने र देशको सेवा गर्ने असल नागरिक बन्ने योजना सुनाउँदै आएको थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here