चितवनमा डा. गणेश पन्त, बाँकेमा कँडेल

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिवको सरुवा टुङ्ग्याएको छ ।
मन्त्रालयको प्रशासन महाशाखाले दिएको जानकारी अनुसार शिवपुरी राष्ट्रिय निकुञ्जका डा. गणेश पन्तलाई चितवन राष्ट्रिय निकुञ्जमा र चितवनबाट डिलबहादुर पुर्जा पुनलाई शिबपुरी राष्ट्रिय निकुञ्जमा सरुवा गरिएको छ ।


त्यसैगरी बाँके राष्ट्रिय निकुञ्जबाट मनोजकुमार साहलाई शुक्लाफाँटामा र चन्द्रशेखर चौधरीलाई शुक्लाफाँटाबाट ढोरपाटन शिकार आरक्षमा सरुवा गरेको छ । त्यसैगरी ढोरपाटबाट बिरेन्द्र कँडेललाई बाँके राष्ट्रिय निकुञ्जमा सरुवा गरेको छ ।

विभागबाट श्यामकुमार साहलाई लामटाङ राष्ट्रिय निकुञ्ज र रामदेव चौधरीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा सरुवा गरिएको छ । लामटाङका अणनाथ बराललाई विभागमा तानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here