काठमाण्डौं । प्रहरीले नेपाल कम्युनिस्ट पार्टी(विप्लप)का केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माईला लामा र रेशम तामाङलाई पक्राउ गरेको छ।
नेपाल अपराध अनुसन्धान महाशाखाको टोलीले लामालाई विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको महाशाखा प्रमूख एसएसपी सहकुल बहादुर थापाले बताए।
राजधानीको विभिन्न ठाउँमा बम विष्फोटको घटना भएपछि प्रहरीले उनको खोजी तीब्र पारेको थियो।
काठमाण्डौं सितापाइलाका लामा तत्कालीन माओवादी फुटेपछि वैद्य नेतृत्वको माओवादी हुँदै विप्लव पक्षमा लागेका थिए। उनी २०६४ को संविधानसभा चुनावमा काठमाण्डौ बाट उमेद्वार पनि भएका थिए।