भारतद्धारा टनकपुर–ब्रह्मदेव लिङ्ग रोड जोड्न आनाकानी

भीमदत्तनगर । नेपाल–भारत जोड्ने उद्देश्यले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निर्माणाधीन टनकपुर–ब्रह्मदेव लिङ्ग रोडको भारततर्फको निर्माणको कुनै सुरसार देखिएको छैन ।

सडक डिभिजन कार्यालय कञ्चनपुरले नेपालतर्फको १२ दशमलव दुई किलोमिटर लिङ्ग रोड निर्माणको अन्तिम चरणमा पु¥याएपनि नेपाल–भारत दशगजाभन्दा वर ९भारतीय भूमि० मा भने सडक निर्माणको पहल भएको छैन । भारतीय पक्षबाट भीमदत्तनगरपालिका–९ मा अढाई किलोमिटर सडक निर्माण नहुँदा भारतसित जोडिने अवस्था छैन ।

भारतीय भूमिमा भारत आफैँले लिङ्ग रोड निर्माण गर्ने सम्झौता उल्लेख रहेको सडक डिभिजन कार्यालय कञ्चनपुरका इञ्जिनीयर योगेन्द्र अधिकारीले बताउनुभयो । उहाँले दुई देशलाई जोड्ने भनिएको सडक भारतीय पक्षबाट पहल नुहँदा लिङ्ग रोड दशगजामा रोकिएको बताउनुभयो ।

“नेपालतर्फबाट बन्ने पूरै सडक निर्माण कार्य अन्तिम चरणमा छ, अहिले दशगजा क्षेत्रसम्म बन्ने चरणमा छ ।” उहाँले भन्नुभयो, “लिङ्ग रोडले भारतको टनकपुरलाई जोड्नुपर्ने हो, भारतीय भूमिमा उसले नै सडक निर्माण गर्ने उच्चस्तरीय सम्झौता भएको रहेछ ।”

लिङ्ग रोडले भारतीय बजार टनकपुर तथा सिमावर्ती नेपाली ब्रह्मदेव बजारसम्म निर्माण गर्न सके मात्रै भारत जोडिने उहाँको भनाइ छ । लिङ्ग रोडको निमार्ण कार्य तीव्र भीमदत्तनगरदेखि टनकपुर जोड्ने टनकपुर लिङ्ग रोडको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । इञ्जिनीयर योगेन्द्र अधिकारीले ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भई सकेको जानकारी दिनुभयो ।

“डिबिएडी प्रविधिमा आधारित सडक निर्माण भइरहेको बताउँदै ‘पहिलो चरणमा बेस, सव बेस तथा सामान्य कालो पत्रेको काम सकेका छौँ, आउँदो भदौबाट अन्तिम चरणको कालोपत्रेको काम शुरु हुन्छ”, उहाँले भन्नुभयो, “वर्षात् भएकाले अहिले काम रोकिएको छ ।”

साढे १२ किलो मिटर लामो उक्त सडक नौ मिटर चौडाइ बनाइँदै छ । जसमा सडकको सात मिटर चौडाइ कालोपत्रे गरिने र एक/एक मिटर दायाँबायाँ ‘सोल्जरीङ्’ गरिने छ । लिङ्ग रोडको निर्माणका लागि लामा राजेन्द्र जेभी निर्माण कम्पनीसँग रु २० करोड मा ठेक्का सम्झौता गरिएको छ ।

रोड निर्माणमा हालसम्म १९ करोड खर्च भइसकेको इञ्जिनीयर अधिकारीको भनाइ छ । साथैे टनकपुर लिङ्ग रोडलाई महाकाली करिडोरका रुपमा विस्तार गरिने योजना रहेको छ । भीमदत्त नगरपालिका–१८ भाषीबाट हाल निर्माण भइरहेको लिङ्ग रोडलाई करिडोरका रुपमा अगाडि बढाउन पहल भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here