काठमाडौँ । सरकारले कोराना भाइरसको प्रकोपलाई नियन्त्रणमा राख्न लगाएको लकडाउनका समयका बेला रोगका बारेमा सूचना लुकाउने र भाग्ने व्यक्तिलाई कारवाही गर्ने चेतावनी दिएको छ
देशका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा बसेर भाग्ने र सङ्क्रमित व्यक्तिले सूचना नदिने तथा लुकेर बस्नेलाई कैद सजाय हुनेगरी गृह प्रशासनले कारबाही अघि बढाउने सरकारले निर्णय गरेको छ ।
भारतसँगको सीमामा अलपत्र परेका नेपाली नागरिकलाई परिचयपत्रको आधारमा पहिचान गरेर नजिकको सम्बन्धित स्थानीय तहमा अनिवार्य क्वारन्टीनमा रहने गरेर पठाइने पनि सरकारले निर्णय गरेको छ । विदेशमा रहेका विद्यार्थीलाई आवश्यक खर्च राष्ट्र बैङ्कमार्फत् अभिभावकले पठाउन सकिने निर्णय पनि पनि सरकारले निर्णय गरेको छ ।
खाद्य र औषधी लगायतका अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको समितिमा मजदुर, श्रमिक र कामदारहरूलाई राहत प्याकेज दिनेबारे पनि छलफल भएको थियो। त्यसबारे उच्च तहबाट निर्णय हुने बताइएको छ।
लकडाउनका कारण दैनिक मजदुरी गरेर साँझबिहानको छाक टार्ने वर्गका मानिसको जनजीवन कठिन बन्न थालेका विवरणकाबीच त्यसबारे छलफल अघि बढेको छ।
































