चितवन । चितवन राष्ट्रिय निकुञ्ज वरीपरीका बासिन्दाले ज्यान जोखिममा राखेर भएपनि टिप्ने साग हो निगुरो ।
निगुरो टिप्ने क्रममा वन्यजन्तुको आक्रमणमा परी कयौँ व्यक्तिको ज्यान गइसकेको छ भने कतिपय व्यक्ति अहिले पनि घाइते अवस्थामा छन् । एक मुठा निगुरोको सागका कारण ज्यानै जाने, जीवनभर अपांग हुनुपर्ने अवस्था हुँदा हुँदै पनि स्थानीयले निगुरो टिप्न अझै छाडेका छैनन् । निगुरो चितवन राष्ट्रिय निकुञ्जका लागि गलपासो जस्तै भएको छ ।
दुई दिन अघि निगुरो बेच्दै गरेकी एक महिला र निकुञ्जबाट खटिएको नेपाली सेनाको टोलीले कानून अनुसार गरेको व्यवहारको भिडियो सामाजिक सञ्जालमा आएपछि निकुञ्ज प्रशासन प्रति टिकाटिप्पणी भएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भएको सो भिडियो बारे निकुञ्ज प्रशासनले विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था सिर्जना भयो र निकुञ्जले आफ्नो स्पष्टीकरण सहितको विज्ञप्ति जारी गरेको छ ।
जारी विज्ञप्तिमा कानून बमोजिम गस्तीमा हिडेको निकुञ्ज र नेपाली सेनाको संयुक्त टोली प्रति दुष्प्रचार गरेको भन्दै आपत्ती समेत जनाएको छ ।
निकुञ्जले जारी गरेको विज्ञप्ति


































