बाटोमा दिशा गर्ने १७ जना पक्राउ

जलेश्वर । तराईतिर शौचालयमा भन्दा खुला चौर, खोला तथा बाटोघाटोको किनारतिर शौच गर्ने प्रवृति निकै बढी पाइन्छ । सरकारले तराईको यो अवस्थालाई दृष्टिगत गर्दै सबै जिल्लालाई तामझामका साथ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिसकेको छ ।

यद्धपी घोषणा गरेर मात्र हुँदैन रहेछ । सरकारी घोषणालाई व्यवहारमा उतार्ने काम समुदायको नै हो । तर समुदायले त्यो कुरालाई स्वीकार गरुन्जेल सरकारी घोषणाले साकार रुप लिन सक्दैन । खुल्ला दिशामुक्त अभियानलाई चुनौती दिँदै बाटोमा दिशा गर्ने १७ लाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार प्रहरी र खुल्ला दिशामुक्त अभियानकर्मीले आज बिहान जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका विभिन्न वडाबाट १७ लाई बाटोमा दिसा गर्नेलाई पक्राउ गरी ल्याएको छ ।

जलेश्वर नगरपालिका–३, ४, ६ र १२ मा बाटोमा दिशा गर्दै गरेकालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । पक्राउ परेकालाई जनही ५०० जरिवाना गरेपछि छाडिने पनि प्रहरीले जनाएको छ । महोत्तरी खुल्ला दिसामुक्त गर्न अभियानकर्मी, प्रहरी, प्रशासन सबै एकजुट भएर लागे पनि दैनिक जसो १२ भन्दा बढी मानिस पक्राउ पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here