धनगढी । सुदूरपश्चिम प्रदेशका उप–सभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टको जागिर चट् भएको छ ।
प्रदेश उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई फेसबुकमा बिभिन्न खालका अश्लिल शब्द लेखेर यौन प्रश्ताव राख्ने कुरा बाहिर आएपछि उपसभामुख सचिवालयले भट्टलाई सचिवालयबाट निकालेको थाहा भएको छ ।
हालै भट्टले प्रदेश प्रहरी प्रमुखलाई फोन गरेर ती महिला प्रहरीलाई सरुवा गराएका थिए । उपसभामुख पद समालेपछि निज जोशीको अंग रक्षक सबैभन्दा बढी परिवर्तन हुने गरेको समाचार यसअघि आइसकेको थियो । डिआइजीलाई कुरा गर्ने उपसभामुखको पीएले यौन प्रश्ताव राख्ने सो प्रश्ताव नमाने सरुवा भोग्नु परेको पीडा हालै सरुवामा परेकी महिला प्रहरीले बाहिर ल्याएकी थिइन् ।
यस अघि सरुवा हुने महिला प्रहरीले आफ्ना सहकर्मी प्रहरीसँग कुरा राख्ने गरेको भएपनि उल्टो कारवाही हुने डरले कुरा बाहिर आउन सकेको थिएन ।
उपसभामुखका श्रीमान सत्ताधारी पार्टी नेकपाका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज लक्ष्मणदत्त जोशी हुन् । सरुवा हुनाको कारण बारे ती महिला प्रहरीबाट यो कुरा बाहिर आएपछि लक्ष्मणदत्त जोशीले पनि थप अनुसन्धान गरेको बताइएको छ । उहाँले निज महिला प्रहरीसँग कुराकानी र छलफल गरेपछि पीए भट्टले अश्लिल शब्द सहितको म्यासेज पठाएको प्रमाणित भएपछि उहाँलाई सचिवालयबाट निकालिएको बताइएको छ ।