काठमाडौँ । सर्लाही जिल्लाको हरिपुर नगरपालिका वडा नं २ मा रहेको नगरपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ ।
अज्ञात समुहले आज बिहाना चार बजेतिर नगरपालिका कार्यालयमा बम स्फिोट गराउँदा कार्यालयमा क्षति पुगेको छ ।
बम बिष्फोटनबाट कार्यालयका महत्वपूर्ण कागजपत्र र सामानहरु पनि नष्ट भएका छन् भने कार्यालयमा राखिएका मोटरसाइकिल भने सुरक्षित रहेको बताइएको छ ।
अज्ञात समूहले त्रास फैलाउनका लागि बम फिस्फोट गराएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी प्रतीतसिंह राठोरले बताउनुभएको छ ।