काठमाडौँ । उपत्यकामा जबर्जस्ती चन्दा उठाउने गुण्डा नाइके फरार छिरिङ तामाङलाई प्ररहीले गोली हानी नियन्त्रणमा लिएको छ । डकैती मुद्दाका फरार छिरिङ तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो महानगरीय अपराध अनुसन्धान महाशाखाले विभिन्न स्थानमा लुटपाटमा संलग्न तामाङलाई समात्न गोली चलाएको हो ।
तामाङलाई बौद्धको अत्तरखेलमा गोली हानेर नियन्त्रणमा लिएको हो । प्रहरीमाथि नै जाइलाग्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको बताएको छ । तामाङको खुट्टामा गोली लागेको छ । उनको दाहिने खुट्टामा दुई राउण्ड गोली लागेका प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार गुण्डा तामाङको वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । तामाङको समूहले काठमाडौंको विभिन्न स्थानमा लुटपाट गरेपछि प्रहरीले खोजी तीब्र पारेको थियो । तामाङको समूह हतियार देखाएर लुटपाटमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।