नयाँ मन्त्रीको शपथ : बिहीवार दिउँसो ११ बजे तय

काठमाडौँ । वर्तमान प्रधानमन्त्री केपी शर्माले आफुले दुई तिहाईको सरकार गठन गरेको २१ महिनापछि पहिलो पटक केही नयाँ अनुहारलाई मन्त्रीमण्डलमा ल्याएर सरकारका मन्त्रीको जिम्मेवारी फेरबदल गरेका छन् । पुराना केही मन्त्रीलाई असक्षमताका कारण हटाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
राम्रा र उत्कृष्ट काम गर्ने भनिएका र विगतमा अलि अलि चर्चा पाएको विद्युत् लाइन काटेका गोकर्ण विष्ट, साइकिल चढेर डा. शेखर कोइरालालाई हराएका लालबाबु पण्डित, राष्टपति विद्या भण्डारीका मितिनी भएर महिला मन्त्री भएकी थममाया थापा कार्यसम्पादन राम्राृे नभएकाले हटाइएको छ ।
त्यसैगरी कृषि सचिव डा. युवकध्वज जिसीको चंगुलमा फसेर काम गर्न नसकेका कृषि मन्त्री चक्रपाणी खनाल बलदेब, मधेशमा राम्रै आन्दोलन गर्न सफल र विगतमा वन मन्त्री हुँदा क्रान्तिकारी छाप बसाल्न सफल तर बाणिज्य तथा आपूर्ति मन्त्री हुँदा अहिले असफल भनिएको मातृका यादव हटाइएका छन् ।


नयाँ थपिने मन्त्रीमा विगतमा राम्रो कार्य सम्पादन गर्न सफल र पार्टी अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिने लेखराज भट्ट राकेश, आफ्नो माउ पार्टी मधेशी फोरम छाडेका ह्रदयेश त्रिपाठी, विगत धेरै विषयमा बिबादित हुँदै आएका पार्वत गुरुड लगायतका व्यक्ति मन्त्री बन्न सफल भएका छन् ।
नयाँ थपिएका मन्त्रीको सपथ ग्रहण बिहीवार दिउँसो ११ बजे हुने तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here