बाहुनडाँगीमा हात्ती महोत्सव

नेपाल कथा
काठमाडौँ । बाहुनडाँगी भन्ने बित्तिकै केही वर्ष अघि सम्म भूटानी शरणार्थीको शिविरमा हुने बिभिन्न गतिविधिका नामले चिनिन्थ्यो भने पछिलो चरणमा भारतीय हात्तीको आतंक हुने स्थानको रुपमा चिरपरिचित हुँदै आएको छ ।
विश्व बैँकको आर्थिक सहयोगमा केही वर्ष पहिले तत्कालिन वन तथा भू संरक्षण मन्त्रालयले १८ किलोमिटर सौर्य तारवार लगाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको समन्वयमा सो कार्य सम्पन्न भएपछि हाल यो क्षेत्रमा मानव वन्यजन्तु द्धन्द्ध कम हुँदै गएको छ ।
यही स्थानमा मानव र हात्तीबीचको सम्बन्ध सुधार गरेर पर्यटकीय आकर्षण गर्न अभिप्रेरित गर्ने उद्देश्यले पाँचौ ग्रामीण पर्यटन महोत्सव शुक्रवारबाट शुरु भएको छ । हात्तीको प्रतिमामा रुद्राक्षको माला लगाइदिएर महोत्सवको उद्घाटन गरिएको हो ।


हात्तीलाई जिस्काउनु हुन्न र हात्तीलाई मार्नु हुदैन भन्ने जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सव आगामी १५ गतेसम्म चल्ने छ । महोत्सवमा नेपाल, भारत र भूटान लगायतका सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here