नेपालले गैँडा पालेर व्यापार गर्न सक्छ: डा. नरेश सुवेदी

झण्डै पाँच वर्ष अघि सन् २०१५ मा नेपालमा गैँडाको राष्ट्रिय गणना गरिएको थियो । जुन गणनामा चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटामा गरी ६४५ गैँडा रेकर्ड गरिएकाथिए । सबैभन्दा बढी चितवनमा ६०५ गैडा रेकर्ड गरिएका थिए भने बर्दियामा २९, शुक्लाफाँटा ८ र पर्सा तीन वटा राष्ट्रिय निकुञ्जमा रेकर्ड गरिएकाथिए ।

यस अघि सन् १९५० मा नेपालमा ८०० वटा गैँडा रेकर्ड गरिएका थिए भने सन् १९५५ मा यो संख्या घटेर ४०० पुगेको थियो । त्यसैगरी सन १९६० मा ३००, सन् १९६५ मा गैँडाको संख्या घटेर १०० पुगेको थियो । सन् १९७० मा १०८ वटा, १९७५ मा १४७ वटा गैँडा रेकर्ड भएका थिए भने सन् १९८० मा गैँडाको संख्या बढेर ३१० पुगेको थियो । सन् १९९० मा ३५८ वटा, सन् १९९५ मा ४६६ वटा रेकर्ड गरिएका थिए । सन् २००० मा ६१२ वटा, सन् २००५ मा ४०९ वटा र सन् २०१० मा गरिएको गणनामा ४३५ वटा गैँडा भेटिएका थिए । पछि सन् २०१५ मा यो संख्या बढेर ६४५ पुगेको हो ।

यो पटक गैँडाको गणना चितवन र पर्सा कलष्टरबाट यही चैत ९ गते शुभारम्भ गरिन थालिएको छ ।

यसै सन्दर्भमा गैँडाको विषयमा विद्यावारिधि प्राप्त डा. नरेश सुवेदीसँग हामीले नेपालका गैँडाको बासस्थान, आहार, पानीको स्रोतको अवस्था, गैडा संरक्षणका लागि चुनौती तथा अवसर लगायतका विषयमा हामीले कुराकानी गरेका छौँ । डा. सुवेदीसँगको कुराकानी यहाँ प्रस्तुत छ ।

गैंडा बिज्ञ डा. नरेश सुवेदी

नेपालमा कति गैँडा पाल्ने सकिने अवस्था रहेको छ भनेर नेपालकथाले डा. सुवेदीलाई पहिलो जिज्ञासा राख्दा चितवनको अहिलेको अवस्थालाई अलि सुधार गर्ने हो भने ८०० गैँडासम्म पाल्न सकिने तर्क दिए । त्यसैगरी बर्दियामा एक सय भन्दा बढी र शुक्लाफाँटा पनि एक सय भन्दा बढी गैँडा पाल्न सकिने उनले बताए ।

पछिल्लो समयमा गैँडा र मानव बीचको द्धन्द्ध बढिरहेको छ नि भन्ने जिज्ञासामा डा. सुवेदीले अरु जनावरसँगको द्धन्द्ध बढेको भएपनि तुलनात्मक रुपमा गैँडासँगको मानवको द्धन्द्ध घटेको दावीगर्दै भने, मानिस र गैँडाको द्धन्द्ध बढेको होइन, बरु घटेको देखिएको छ ।

चोरी शिकार शुन्यको अवस्था भएपनि दिनप्रतिदिन गैँडा मर्ने दर किन रोकिएको छैन त भन्ने जिज्ञासामा उनले भने, सन् २०११ अघि चोरी शिकारबाट गैँडा मर्ने गरेका भएपनि सन् २०११ पछिको अवस्थामा गैँडा चोरी शिकारबाट मरेका छैनन् । कालगतिले वाप्राकृतिक कारणले गैँडाको मृत्यु भएको छ ।

गैँडाको मृत्यु घटाउने उपायका बारेमा डा. सुवेदीले भने, गैँडाको घनत्व बढी भएको क्षेत्रबाट कम घनत्व भएको ठाउँमा गैँडाको स्थानान्तरण गरिनुपर्छ । त्यसैले बर्दिया र शुक्लाफाँटामा तत्काल स्थानान्तरण गर्न सकिन्छ ।

डा. सुवेदीले भने, चितवन राष्ट्रिय निकुञ्जको इतिहासमा सन् २०१५ मा एउटा गैँडा क्षयरोग लागेर मरेको देखिएको छ । अरु जनावर मरे जस्तै गैँडा जस्ता ठूला जनावर सानोतिनो रोगले मर्दैनन् ।कोशी देखि महाकाली सम्म गैँडाको करिडोर हो । केहीवर्ष पहिले तराई क्षेत्रमा गैँडा थिए, अहिले बासस्थान बिग्रियो, गैँडा देखिन छाडेका हुन् । शुक्लाफाँटा र बर्दिया गैँडाका लागि भोलीको राम्रो उपर्युक्त ठाउँ हुन् ।

चितवन, बर्दिया र शुक्लाफाँटा तीन वटा कलष्टरमा गैँडाको राम्रो बासस्थान रहेको छ । यी तीन ठाउँलाई अझ सुधार गर्न सकेमा गैँडाका लागि राम्रो बासस्थान निर्माण गर्न सकिने डा. सुवेदीको धारणा छ ।

डा. सुवेदीले भने, तराईका घाँसे मैदानमा पछिल्लो चरणमा केहीचुनौती थपिएका छन् । देख्दा घाँसे मैदान मिचाहा प्रजातिको प्रसार पनि घाँसे मैदानमा भएकाले वन्यजन्तुको लागि उचित नहुने खालका हुँदै गएका छन् ।

उनले भने, हामी कहाँ गैँडाको संख्या १०० भन्दा तल पुगिसकेको थियो । अहिले संरक्षणको राम्रो प्रयासले यो संख्याबढेर ६०० भन्दा माथि पुगेको छ । नेपालको गैँडा राज्यको सम्पत्तीहो । यसलाई पनिहामीले फार्मिङ कन्सेप्टमा जान सकिन्छ । दुर्लभ भन्ने तहबाट माथि उठ्यो भने हामीले गैँडाको व्यापार गर्न सक्छौँ ।

(डा. सुवेदीसँगको थप अन्तर्वार्ता भिडियोमा)

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here