डा. ईन्द्र सापकोटाको बढुवा, प्रदेश सचिव बनाउने तयारी

काठमाडौँ । कोशी प्रदेश वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन निर्देशनालयमा कार्यरत डा. इन्द्र सापकोटा ११औँ तह सहसचिवमा बढुवा भएका छन् ।

संघीयता कार्यान्वायन भएपछि प्रदेश सरकार मातहतको यो पद सबैभन्दा उच्चतम पद हो । डा. सापकोटा हाल वन निर्देशनालय धरान सुनसरीमा कामु वन निर्देशक पदमा कार्यरत छन् ।


प्रदेशको वन तथा वातावरण मन्त्रालयमा हाल संघीय सरकारले प्रदेश सचिव पठाउने गरेको छ । कानूनतः प्रदेशमा ११ औँ तहको दरबन्दी वन निर्देशनालय र मन्त्रालयको सचिव पदमा रहेको छ ।

कोशी प्रदेशमा सापकोटा ११ औँ तहका एक्ला व्यक्ति भएकाले उनलाई प्रदेश सरकारले निर्देशनालय भन्दा मन्त्रालयमा सचिवको जिम्मेवारी दिने तयारी गरिरहेको बुझिएको छ । शुक्रबार बसेको बागमती प्रदेश सरकार मन्त्रीपरिषद बैठकले केही दिन अघि बागमती प्रदेशमा ११ औँ तह बढुवा भएका दीपेन्द्र सुवेदीलाई बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको सचिव पदमा पदस्थापन गरिसकेको छ ।


डा. सापकोटासँगै कोशी प्रदेशमा बिभिन्न कलष्टरका सात जना व्यक्तिलाई प्रदेश लोकसेवा आयोगको सिफारिसमा मुख्यमन्त्रीको कार्यालयले ११ औँ तह सहसचिव पदमा बढुवा गरेको छ ।


५४ वर्षीय सापकोटा हालको विद्यमान कानून अनुसार ५८ वर्षमा सेवानिवृत हुनेछन् । लामो अवधि निजामति सेवामा नभएको र निर्णय क्षमतामा अब्बल मानिएका डा. सापकोटालाई प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयमा सचिवको जिम्मेवारी दिने तयारी भइरहेको मुख्यमन्त्रीको कार्यालयले स्रोतले बताएको छ ।


१९९४ मा त्रिभुवन विश्व विद्यालयबाट वन विज्ञानमा स्नातक गरेका सापकोटाले जर्मनीबाट २००३ मा स्नाकोत्तर र सन् २००९ मा स्वीडेनको स्वीडेस युनिभर्सिटि अफ एग्रीकल्चर साइन्सेजबाट वन व्यवस्थापनमा विद्यावारिधि उपाधी हासिल गरेका छन् ।


सन् १९८९ मा तराई फरेष्ट प्रोजेक्टमा टेक्निकल फरेष्ट्री एसिस्टेन्टको रुपमा काम सुरु गरेका सापकोटाले १९९१ मा तत्कालिन श्री ५ को सरकार वन तथा भूसंरक्षण मन्त्रालयमा रेञ्जरको पदबाट सेवा गरेका थिए ।

सन् १९९५ मा वन अधिकृत पदोन्नती भएका सापकोटाले जिल्ला वन अधिकृत उपसचिवमा पदोन्नती भएपछि चितवन जिल्लाको डिएफो भएर काम गर्ने मौका पाएका थिए ।

चिवतन, काठमाडौ, सोलुखुम्बु, संखुवासभा, उदयपुर लगायतका बिभिन्न जिल्लामा जिल्ला वन अधिकृत भएर काम गरेको अनुभव भएका डा. सापकोटा पछिल्लो पटक कोशी प्रदेशको वन निर्देशनालयमा कामु वन निर्देशक भएर काम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here