वन अधिकृतसँग जनता हिडे

काठमाडौँ । गाडी छ, पुरानो भएकाले चल्दैन । दरबन्दी छ, दरबन्दी अनुसारको कर्मचारी छैनन् । मोटरसाइकिल छन् तेल हाल्ने पैसा छैन । अनि ठाउँ ठाउँमा चोरी शिकार र काठ तस्करीका घटना बढेको बढ्यै छन् । लकडाउनका बेला आफ्नै स्वास्थ्य सुरक्षाको चिन्ता पनि छ ….. । यस्तै यस्तै समस्याबाट घेरिएका देशभरका अधिकांश डिभिजनल वन कार्यालयले कसरी काम गरिरहेका होलान् ?

समस्या समस्याबाट बीचमा रहेर कसरी काम गर्न सकिएला ? भन्ने जिज्ञासा चौतर्फी भइरहेका बेला बिभिन्न जिल्ला स्थित कार्यालयहरुले बिभिन्न रणनीति अवलम्वन गर्दै आफ्ना काम कारवाहीलाई अगाडि बढाउँदै गएका छन् ।

साधन, स्रोतको अभावमा खुला सम्पत्तीको सुरक्षा, रक्षा र संरक्षण गर्ने कार्य जति खट्दा र डट्दा पनि असम्भव भएपछि महोत्तरी डिभिजन वन कार्यालयले स्थानीय समुदायलाई चोरी शिकार र काठ तस्करी बिरुद्ध लड्न आह्वान गरेको छ ।

सोही आह्वान अनुसार पूर्व पश्चिम राजमार्ग भन्दा वन क्षेत्र रहेको उत्तरी क्षेत्रका स्थानीय समुदाय, वन उपभोक्तासँग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । महोत्तरीका डिभिजनल वन अधिकृत हेमन्त साहका अनुसार जिल्लामा पहिलो पटक सव डिभिजन स्तरीय बिशेष वनजंगल संरक्षण समन्वय समिति गठन गरेर वन संरक्षणको अभियान सुरु गरिएको हो ।

लकडाउन बढ्दैं गएपछि गाउँघरमा बेरोजगार भएर बस्नेको संख्या वृद्धि भएपछि वनजंगल पसेर काठ काट्ने, शिकार खेल्ने जस्ता गैर कानूनी कामहरु वृद्धि भएपछि यो अभियान सञ्चालन गरेको उनले बताए ।

प्रमुख साहका अनुसार सव डिभिजन अन्तर्गतका सबै वनजंगल क्षेत्रका सक्रिय र अगुवा उपभोक्ताहरुको सहभागितामा पहिलो पटक वैठक सम्पन्न भएको छ । वैठकले आफ्नो नजिकको वनजंगल क्षेत्रमा कसैलाई पनि गैर कानूनी काम गर्न देखे, भेटेको खण्डमा स्थानीयले नै वन कार्यालय वा प्रहरीलाई खबर गर्ने निर्णय भएको छ ।

साहले भने, स्थानीय समुदायको सक्रिय सहभागिता बिना वनजंगलभित्र हुने अवाञ्छित गतिविधि नियन्त्रणमा लिन नसकिने परिस्थिति देखियो । सरकारी कर्मचारी लकडाउनका बेला सधैँ गस्ती गर्न सक्दैनन् । त्यस्तो बेला गलत भएको कामलाई खवर गरिदिने संयन्त्रको समेत विकास गर्न यो कदम चालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here