नेपाल वन प्राविधिक संघका प्रदेश अध्यक्षले लिए सपथ

काठमाडौँ । नेपाल वन प्राविधिक संघको हालै सम्पन्न प्रदेशस्तरीय निर्वाचनबाट चयन भएका प्रदेश अध्यक्षलाई बुधबार संघको केन्द्रीय कार्यालय बबरमहल काठमाडौँमा सपथ गराइएको छ ।


प्रमुख निर्वाचन आयुक्त गौरीशंकर तिमिलाले सात वटै प्रदेशका प्रदेश अध्यक्षलाई संघको सपथ खुवाएका छन् । बुधबार सपथ लिनेमा कोशी प्रदेश अध्यक्ष विष्णुलाल घिमिरे, मधेश प्रदेशका विन्देश्वर पटेल, बागमती प्रदेशका उत्तम चापागाई, गण्डकी प्रदेशका ज्ञानेन्द्र कार्की, लुम्बिनी प्रदेशका केशब खड्का, कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर परियार छन् ।


पचास वर्षको इतिहासमा संघले पहिलो पटक प्रदेश संरचना निर्वाचन गरेको हो । सपथ ग्रहण कार्यक्रममा संघका अध्यक्ष राकेश कर्ण, प्रमुख निर्वाचन आयुक्त गौरीशंकर तिमिला, डा. इन्द्र सापकोटा, राजन रेग्मी, प्रेम सापकोटा, शोभा सुवेदी, गोविन्द पाण्डेले नवनिर्वाचित अध्यक्षलाई शुभकामना दिएका थिए । कार्यक्रममा सबै प्रदेशका अध्यक्षले पेशागत हकहितका लागि प्रदेशस्तरमा सक्रिय भई प्रभावकारी भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here