काठमाडौँ । नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले अब पनि जिल्लास्तरमा वन सम्बर्धनमा आधारित दीगो वन व्यवस्थापनका कार्यक्रमहरु हुन नसके वन प्राविधिकको कमीकमजोरी देखिने बताएका छन् ।
संघका प्रदेश अध्यक्षहरुको सपथ ग्रहण तथा बधाई ज्ञापन कार्यक्रममा बुधबार बोल्दै अध्यक्ष कर्णले काठमाडौँमा सम्पन्न दोस्रो राष्टिय वन सम्बर्धन गोष्ठीमा सबै सरोकारवालाहरुको व्यापक छलफल, गहन अन्तक्र्रियाबाट सबै जिल्लामा वन सम्बर्धनमा आधारित दीगो वन व्यवस्थापनका काम गर्ने सहमति भइसकेकोले आउँदा दिनमा कुनै जिल्लामा सो कार्यक्रम कार्यान्वयनमा नआए वन प्राविधिकहरु जिम्मेवारी हुने र ती प्राविधिकहरुको कमी कमजोरी देखिने बताए । उनले भने, अब सबै बाटो खुलेको छ । यसमा केही र कँही रोकतोक छैन । अब धमाधम काम गर्नुपर्छ ।
अध्यक्ष कर्णले नेपाल वन परिषद गठनको फायल निकै अघि बढीसकेको पनि जानकारी दिए । उनले भने, वन मन्त्रालयमा नयाँ सचिव आउनु भएको छ, उहाँसँग कुरा भएको छ । केही दिनभित्रै यस विषयमा निष्कर्षमा पुग्ने गरी काम हुनेछ । परिषद गठनको विषयलाई अब संघले छाड्दै छाड्दैन, निष्कर्षमा पुग्ने गरी काम गर्नेछ ।