सगरमाथा सम्वादको तयारी पूरा

काठमाडौँ । नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा सम्वादको पहिलो संस्करणको तयारी पूरा भएको छ । यो पटक सम्बादमा हिमाली अर्थतन्त्र, जलवायु परिवर्तन, हिमाल र मानवीय भविष्यका लगायतका विषयहरु समेटिएका छन् ।


सोल्टी होटलमा आयोजना हुने सम्बादको कार्यक्रममा बिभिन्न मुलुकका १५० भन्दा बढी विज्ञ, विशेषज्ञ तथा राजनीतिक नेतृत्वले भाग लिने निश्चित भएको छ । सम्बाद कार्यक्रममा नेपालका तर्फबाट पनि १५० जनाको हाराहारीमा सहभागिता रहने कुरा परराष्ट मन्त्रालयका सचिव अमृत राईले जानकारी दिएका छन् ।

जेठ २ देखि ४ गतेसम्म सञ्चालन हुने सम्बादमा विभिन्न १२ मुलुकका विदेशी उच्च प्रतिनिधिको सहभागिता हुने भएको छ । सो कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । सम्वादमा भारत र चीनका उच्च पदस्त राजनीतिक नेतृत्वको सहभागिता नहुने देखिएको छ ।


सम्वादमा चीनको १४ औँ राष्ट्रिय कंग्रेसको कमिटीका उपाध्यक्ष सियाओ ची, भारतका वातावरण, वन तथा जलवायुमन्त्री भूपेन्दर यादव, कोप–२९ का अध्यक्ष तथा अजरबैजानका पारिस्थितिक तथा प्राकृतिक स्रोतमन्त्री बाबायभको सहभागिता रहने भएको छ ।

त्यसैगरी बङ्गलादेशका महिला तथा बालबालिकामन्त्री सरमिन सोनिया मुरसिद, भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङ, माल्दिभ्सका पर्यटन तथा वातावरणमन्त्री थोरिक इब्राहिम, जापानका उपविदेशमन्त्री इकुइना अकिकोले भाग लिने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here