काठमाडौँ । पूर्वी नेपालमा मकुना हात्तीको नाम चर्चामा आउन थालेको करिब १० वर्ष भयो । यो समयावधिमा मकुनाको नाम पूर्वी नेपालमा मात्र होइन, सिएनएन, विविसीका माध्यमबाट विश्वभरी चर्चित पनि भयो ।
मकुना हात्तीले आफ्नो ३५ वर्षे बैँश बिताउँदा २५ जनाको ज्यान लियो अनि सयौँ घर भत्कायो । यो अवधिमा उसले आधा दर्जन छोरा छोरी पनि जन्मायो । उसको कुलको बिस्तार कोशी टप्पु हँुँदै चितवन र पर्सासम्म भएको छ ।
मकुनाको जन्मघर भारत हो, उसको जन्ममिति र बाबु आमाको गोत्र थाहा छैन तर पनि उसको दुखान्त अन्त नेपाली समय अनुसार असोज १७ गते बिहान ४ बजे द्धादशी तिथिमा भयो । यो उसको सहज मृत्युवरण थिएन, उसको दुखान्त परमधाम भयो । कोशी टप्पु क्षेत्रमा कतिपय मानिसले मकुनालाई साहसी गजराज भन्थे, ऊ लम्कदै हिड्दा टाढैबाट दर्शन पनि गर्थे ।
२०६७ सालतिर नेपालको पूर्वी सीमा झापामा भारतबाट हात्तीको ठूलो हुल पस्यो । केही दिनको आतंक पछि केही हात्ती फर्किए, ती मध्येका १३ वटा हात्ती बिचरण गर्दै कोशी टप्पुको जंगलमा सम्म आइपुगे । ती १३ वटा हात्ती मध्येको सुन्दर युवा हात्ती यही मकुना पनि हो ।
सुरुमा मकुनाको स्वभाव उत्श्रृङ्खल थिएन । उससँगै जंगलमा बिचरण गर्दा निकै मिल्ने अर्काे हात्तीलाई जब उदयपुर क्षेत्रमा गोली हानेर मा¥यो अनि ऊ यस दुनियाँ देखि निकै विक्षिप्त भयो र मानिस देख्ने बित्तिकै तर्सिन थाल्यो ।
हात्तीका विषयमा विद्यावारिधि गरिरहेका अशोककुमार रामका अनुसार मकुनाले त्यो घटनाको भोलीपल्ट पहिलो पटक सप्तरीको बैहवामा आफूलाई जिस्काउने मानिसमाथि आक्रमण ग¥यो । जसका कारणले ती व्यक्तिको घटनास्थलमै मृत्युभयो । त्यसपछि यो हात्ती मकुना नामले बढी चिनिन थालेको हो ।
मकुनाले पहिलो साथी उदयपुरमा गुमायो, शिकारीको गोलीले ढल्यो । ताक्न त यसलाई पनि त्यतिबेला शिकारीले ताकेको हो तर यो बाच्यो र साथीको मृत्युवरणको घटनालाई आँखाले नियालेर भाग्यो । त्यसको केही महिनापछि अर्काे साथी यसले सप्तरीको हदिपुरमा करेन्ट लागेर गुमायो । यो झन विक्षिप्त भयो । त्यसको लगातार तीन महिनामा अर्काे साथी सप्तरीमै करेन्ट लागेर मरेको देख्यो अनि यो पागल झै हिड्न थाल्यो ।
मान्छे देख्ने बित्तिकै यसले आँखा चिम्लेर आक्रमण गर्न थाल्यो । लगातार तीन वटा मिल्ने साथी गुमाएको मकुना बिरक्तिएर कोशी टप्पुबाट दक्षिणतिर हिड्यो । कोशी ब्यारेजबाट ६० किलोमिटर टाढा पुगेको मकुनाले भारतको बीरपुर क्षेत्रमा पाँच जनाको ज्यान लियो । बिहार सरकारले यसलाई मार्ने सम्मको योजना बनायो तर ऊ बाँचेर फेरी नेपाल आयो ।
केही दिन शान्त भएको मकुनाले नेपाल फर्केको केही दिनमा बर्खाको बेला अर्काे साथी कोशीको दलदल भासमा फसेर रुदै कराउँदै मरेको घटना देख्यो । हात्तीको विषयका शोधार्थी अशोककुमार राम भन्छन्, हात्ती यस्तो प्राणी हो, जसले बोल्न मात्र सक्दैन । मानिस जति नै पीडा, बेदना र माया ममता बुझ्छ र आपसमा त्यही अनुसारको व्यवहार गर्छ । उसलाई फेरी यो घटनाले आफू एक्लो महसुस गरायो । यो कोशी टप्पुको जंगलबाट उदयपुर हुँदै सिन्धुलीसम्म पुग्यो । ठाउँ ठाउँमा सिघौरी खेल्दै नोक्सानी गर्दै हिड्यो ।
मकुनाको जीवन चोटै चोटमा गुज्रेको देखिन्छ । सिन्धुलीसम्म खेल्दै रमाउँदै हिडेको अर्काे साथी गोली हानेर सिन्धुलीमा मारियो । झन विक्षिप्त भएको मकुना झन उग्र भयो र बाटैमा दुई जना व्यक्तिको हत्या गरेर फेरी उदयपुर तर्फ फर्कियो ।
यो हात्ती कोशीबाट फेरी चर्दै भारत पुग्यो । भारतमा यो हात्ती खतरनाक हो भन्ने थाहा थियो । दुर्भाग्य, मकुनाले सँगै गएको साथी गुमायो । भारतमा गोली लागेर घाइते भएको मकुनाको साथी शरिरभित्र रहेको गोलीको विष सहन नसकि नेपाल फर्केर मर्यो । । भारतले तत्कालै पाँच किलोमिटर आधुनिक प्रविधिको छेकबार तयार गर्यो । मकुना पुनः २०७४ सालमा नेपाल फर्कियो ।
कुरो २०७६ साल बर्खाका बेलाको हो । चर्दा चर्दै सर्लाही पुगेका दुईवटा हात्तीले नोक्सानी गर्दै गए । मकुनाले सर्लाहीमा एक जना मानिसलाई हान्यो । मकुनाको सुँडले हानेको मानिस के बाँच्थ्यो र ? गाउँलेहरुले लखेटे दुईटैलाई । एउटा स्थानीय शिकारीले हानेको गोलीले मकुनाको साथी मकै बारीमा ढल्यो । यो त्यहाँबाट पनि बाँचेर आयो ।
भारतबाट नेपाल प्रवेश गरेर कोशी टप्पुमा रैथाने झै भएर बसेका १३ वटा हात्तीहरु मध्य एउटा भारतमा, सर्लाहीमा एक, सिन्धुलीमा एक, झापामा एक, सप्तरी, उदयपुर र सुनसरीमा करेन्ट लगाएर सात वटा हात्ती मरेपछि एक्लो भएको मकुना झनै उग्र हुँदै गयो । यी घटनापछिका तीन वर्षको अन्तरालमा यसले झण्डै १६ जनाको ज्यान लियो ।
आफुसँगै भारतबाट नेपाल पसेका ११ जना साथी गुमाइसकेको मकुनाले गत वर्ष पुनः अर्काे १२ वटा हात्तीको झुण्डको कोशी टप्पुमा साथ पाएपनि ऊ रमाउन सकेन । उसलाई आफ्ना पुराना हितैषी साथी गुमाएको पीडा थियो । केबल हात्तीको झुण्ड पाएर ऊ खुसी हुन सकेन । घुलमिल हुन सकेको थिएन ।
शोधार्थी अशोककुमार रामका अनुसार मकुना आफ्ना सबै साथीलाई गुमाएर एक्लो भएको थियो । नयाँ १२ वटा हात्तीसँग खासै रमाउन सकेको थिएन । बिचरण गर्ने जंगल एउटै भएपनि मकुना एक्लै हिड्ने, चर्ने गरेको देखिन्थ्यो ।
गत वर्ष सप्तरीमा करेन्ट लागेर मकुनाको १२ औँ साथी पनि गुम्यो । कोशी टप्पुमा रहेको एक्लो मकुनाले यही १६ गते बिहान ४ बजेतिर करेन्टको पीडामा देहत्याग ग¥यो । भारतबाट झण्डै ११ वर्ष अघि बसाई सरेको १३ वटा हात्तीको झुण्ड संरक्षित क्षेत्रभित्र सुरक्षित रहन सकेन । सबैको दुखान्त अन्त्य भयो ।
कसरी दुखान्त अन्त भयो मकुनाको ?
यो बर्खामा पानी धेरै परेकोले कोशी नदीमा बाढीको सतह खासै घटेन । कोशी टप्पुको अधिकांश भाग नदी तटीय क्षेत्र भएकाले वन्यजन्तुका लागि बर्खाका बेला निकै दुखदायी हुने गर्छ । कोशीको बाढीले वन्यजन्तुको बासस्थान डुबाएपछि वन्यजन्तु ज्यान जोगाउनैका लागि बस्तीतिर आउनु पर्ने बाध्यता छ ।
यो बर्खामा मकुनाको अधिकांश समय कोशी टप्पुको कोर एरिया भन्दा मध्यवर्ती क्षेत्रमै बित्यो । बर्खा भरी गाउँवस्तीमा पसेर दुख्ख दियो मकुनाले । आरक्षले मकुनाबाट हुन सक्ने क्षतिलाई कम गर्न २४ सै घण्टा गस्ती टोली खटायो । दुई ट्याक्टर, एक जीप, एक जेसिबी त मकुनाका लागि खटाइएको जानकारी आरक्ष कार्यालयले दिएको छ ।
मकुना हात्तीको पछिल्ला दिनको क्रियाकलाप
असोज १५ गते
मकुना कोशीको बाँधमाथि बिहानै आयो । नेपाली सेनाले निकुञ्जलाई खबर ग¥यो, मकुना बस्तीमा पस्न सक्छ भनेर । ठूलो ज्यानको मकुना आरक्ष प्रशासनका भवन पश्चिम भएर घुम्दै हात्तीसारमा पस्यो । मकुनाको आवाज सुनेपछि हात्तीसारका पोथी हात्ती पनि कराए । पोथी हात्तीसँगको माया प्रेममा लिप्त भयो । दुई घण्टाजतिको रामोन्टिक समय बिताएर मकुना पुनः पश्चिम क्षेत्रतिर जंगल हिड्यो ।
दिउँसो मकुना पुनः हात्तीसार आएकोले कोलाहल मच्चियो । हात्तीसारका सबै हात्ती जंगलतर्फ चराउन लगिएको थियो । पोथी हात्ती नभेटाएपछि हात्तीसार नजिकै रहेको वनदेवीको मन्दिर परिसरसम्म पुग्यो । मन्दिर अगाडि आधा घण्टासम्म रुग्यो अनि फर्केर पटेर घारीमा चर्दै पुनः जंगल पस्यो । राती गस्ती टोलीले मकुना प्रकाशपुर तर्फ छिर्न थालेको थाहा पाएपछि पिछा गरेर जंगलमा भगायो ।
असोज १६ गते ।
बिहान नौ बजेतिर हात्ती आर्मी बस्ने गेट नजिकै आयो । नेपाली सेनाको टोलीले एलर्ट गरायो । आर्मीले पोजिसन लिएपछि मकुना पनि हच्कियो । भित्र पस्न खोजेका हात्ती बाटो भाचेर पुनः बाँधमा पुग्यो । बिस्तारै कोशी किनार पुगेको खवर गस्ती टोलीले आरक्षलाई दियो । दिउसो १ बजेतिर जंगलमा चर्न गएको हात्तीको पिछा ग¥यो । पोथी हात्ती र माउतेलाई जंगलमा निकै तर्सायो । मकुना केही दिन यता निकै मात्ति सकेको थियो । माउतेले हात्ती जंगलबाट ल्याएर हात्तीसारमा बाँध्न नपाउँदै मकुनाले पोथी हात्तीमाथि कब्जा जमायो । हात्ती कराएको आवाजले कोशी किनार थर्कमान भयो । केही घण्टा क्रिडामय भयो कोशी टप्पु ।
दिउँसो फेरी जंगल पसेको मकुना राती १० बजेतिर पुनः हात्तीसार पस्यो । आरक्षको गस्ती टोलीले नजिकबाट हेरिरहेको थियो । राती १ बजे हात्तीसारबाट निस्केको हात्ती पटेर भित्र चर्दै हिड्यो । गस्ती टोली गाडी लिएर बाँधमा जाँदा हात्तीले पटेर भाच्दै अनि चर्दै गरेको आवाज आइरहेको थियो । गाउँमा पस्छ कि भन्ने चियो चर्चाे गरिरहेको टोलीले बिहान ४ बजेसम्म हात्ती चरिरहेको आवाज पछ्याइरहेको थियो ।
४ बजेपछि आवाज आउन छाड्यो । गस्ती टोली पनि रणभूल्ल पर्यो । हात्ती गाउँमा पस्यो कि ? बाहिर जंगलतिर नआएपछि के भयो ? भन्ने भयो । खोजी गर्दै जाँदा त बिहाना ४ः३० बजेतिर हात्ती सुतेको भेटियो । सुतेको हात्तीलाई चलाउँदा जिस्काए जस्तै हुन्छ भनेर गस्ती टोली फर्केर आरक्ष नपुग्दै हात्ती पानीमा फसेको खवर गाउँलेले आरक्षलाई दिए । सुरुमा त हात्तीलाई धपाउने क्रियाकलाप भए, तर लामो समय हात्ती नउठेपछि नजिकै गएर हेर्दा मकुना त खेतमा बिछ्याइएको करेन्ट लागेर मरिसकेको रहेछ ।
चार बजेसम्म पटेरको पात माड्दै हिडेको हात्ती ४ः३० मा करेन्टको झट्का लागेर मृत्युबरण हुन बाध्य भयो । मकुनाको दुखान्त अन्त त्यही करेन्टको जाल फिजाइएको खेतको किनारमा भयो ।
भारतबाट बसाई सरेका १३ वटा हात्तीको झुण्डको अन्तिम साक्षी मकुनाले पनि मृत्युवरण गरेपछि कोशी टप्पुको गहना बनेर बसेका हात्तीको एक पुस्ता गुमायो ।
यसरी नै हात्तीलाई गुमाउँदै जाने हो भने केही दशकमा हात्ती नेपालमा थियो भन्ने इतिहास नबन्ला भन्न सकिन्न । बेलैमा सोचेर हात्ती संरक्षणका लागि विशिष्ट योजना बनाउने तर्फ सोच्ने बेला भइसकेको हो जस्तो लाग्यो ।