डेट लाइन सर्दै कुलेखानी तेस्रो जलविद्युतको

काठमाडौँ । जलविद्युत् निर्माण सम्पन्नताको ‘डेट’ कति पटक सर्छ र कसरी लागत बढ्दै जान्छ भन्ने कुराको उदाहरणको सूचीमा कुलेखानी तेस्रो जलविद्युत् आयोजना नौलो त होइन । यस अघि मध्य मस्र्याङ्दी, चमेलिया लगायतका तमामौँ उदाहरण रहेका छन् हामीसँग । मध्य मस्र्याङ्दी, चमेलियाको नियती अरु आयोजनाले भोग्न नपरोस् भन्ने चाहाना हुनु स्वभाविकै हो तर त्यस्को नियती पुनः कुलेखानी तेस्रो पनि व्यहोर्दै छ । आयोजना सम्पन्न गर्ने भनेको पछिल्लो पटकको ‘डेट लाइन’ पनि पछाडी धकेलिएको छ । आयोजनाले यही माघबाट उत्पादन सुरु गर्ने गरी तयारी गरेको यस अघि दावी गरेपनि निर्माण पुरा नभएपछि परीक्षण उत्पादन मिति पछि धकेलिएको छ ।

दुई अर्ब ४३ करोड रुपियाँमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको आयोजनाको निर्माणमा भएको ढिलाइले लागत वृद्धि भएर चार अर्ब ६३ करोड रुपियाँ पुगेको छ । यति हुँदा हुँदै पनि आयोजनाको काम कछुवा गतिमा हिडिरहेको छ । सिभिलतर्फको काम ९९ प्रतिशतभन्दा बढी सकिइसकेको छ भने इलेक्ट्रो मेकानिकलसँग जोडिएका सिभिलका केही काम मात्र बाँकी छ ।

चिनियाँ कम्पनीको ढिलासुस्तीका कारण समयमा निर्माण कार्य सम्पन्न नभएको बताउँदै आयोजना प्रमुख सुवास मिश्रले परीक्षण उत्पादन गर्न अझै दुई महिना लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो । सिभिलतर्फको काम ९९ प्रतिशतभन्दा बढी सकिइसकेको छ भने इलेक्ट्रो मेकानिकलसँग जोडिएका सिभिलका केही काम मात्र बाँकी छ ।
दुई अर्ब ४३ करोड रुपियाँमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको आयोजनाको निर्माणमा भएको ढिलाइले लागत वृद्धि भएर चार अर्ब ६३ करोड रुपियाँ पुगेको छ ।
आयोजनाको स्विचयार्ड, तार तान्ने, टावर राख्ने, मुख्य सुरुङमा गेट बनाउने, जडानलगायतका काम हाल भइरहेका छन् तर कामगको गति भने कछुवाको जस्तै छ ।
इलेक्ट्रो मेकानिकलको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी झेजियाङ जिनलुनको ढिलासुस्तीका कारण विद्युत् उत्पादनमा ढिलाइ हुँदै आएको दावी गरेको छ । चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले सिभिलतर्फको निर्माण कार्य तथा इलेक्ट्रो मेकानिकल, हाइड्रो मेकानिकल र प्रशारण लाइनको निर्माण कार्यको ठेक्काको काम झेजियाङ जिनलुन इलेक्ट्रिोमेकानिकल कम्पनीले गर्दै आएको छ । आयोजनाको दुबै मुख्य ठेकेदार चिनियाँ निर्माण कम्पनी हुन् ।


हाइड्रो र इलेक्ट्रो मेकानिकलको काम सकिने बित्तिकै परीक्षण उत्पादन सुरु गर्ने बताउँदै उहाँले भन्नुभयो, ठेकेदार कम्पनीले पर्याप्त जनशक्ति नराख्दा र पछिल्लो समय निर्माणमा आवश्यक सामग्री उपलब्ध नभएकोले समस्या भएको छ । उहाँले भन्नुभयो, वेल्डिङ रड नेपालमा नपाएर खरिद गर्न भारत पठाउनुपर्ने अवस्था रहेको छ ।
आयोजना २००८ अप्रिल २७ देखि आयोजनाको निर्माण कार्य सुरु गरिएको हो । आयोजना सम्झौता हुँदा करिब चार वर्षको अवधिमा निर्माण सम्पन्न गरिसक्ने भनिएको थियो ।
कुलेखानी प्रथम र दोस्रोबाट निस्किएको तथा स्थानीय खोलाको पानी प्रयोग गरी उत्पादन गर्ने गरी निर्माण गरिएको आयोजनाको क्षमता १४ मेगावाट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here