गुलाबको बगैचा लथालिङ्ग हुँदै

टिकापुर । गुलाबको बगैंचा भनेर चिनिने टीकापुर पार्क पछिल्ला दिनमा लथालिङ्ग हुँदै गएको छ । जुन रुपमा यो पार्कलाई व्यवस्थित गर्न रकमको आवश्यकता छ त्यो अनुसारको लगानीको व्यवस्थापन हुन नसक्दा पार्क लथालिङ्ग हुन थालेको हो ।

पार्कमा ४२ थरीका गुलाब फुल्छन् । यो ढकमक्क गुलाब फुल्ने समय हो । पार्कमा आउने हरेक पर्यटक यहाँ फुलेका गुलाबसँग तस्वीर नखिची फर्कन मान्दैनन् ।

सुदूरपश्चिम भ्रमणमा आउनेहरू पार्क नघुमेर जाने कम मात्रै होलान् । केही दिन अघि सुदूरपश्चिमका सहकारी संस्था हेर्न आएको पोखराको टोलीकोे पार्क घुम्ने योजना नै थिएन । “कैलाली र बर्दियाको सीमा चिसापानी पुगेपछि पार्कको कुरा सुन्दा हामीले पार्क घुम्ने योजना बनायौं,” पोखराकी पत्रकार सरिता तिमिल्सिनाले भनिन् – ‘‘दुई घण्टा भए पनि पार्कमा जाऔं भन्यौं, आयौं । धेरै रमाइलो रहेछ । सुदूरपश्चिममा यस्तो सुन्दर र मनमोहक पार्क रहेछ ।’’

“पार्कमा आएपछि दिनभरि यही शीतलतामा बसौं जस्तो लाग्यो, पार्क नआएर फर्किएको भए शायद पछुतो हुन्थ्यो होला,” पोखराकै अजय पोखरेल भन्छन् – “पार्क छ भन्ने सुनेको थिएँ तर, यति व्यवस्थित होला भन्ने लागेको थिएन । पार्क रमाइलो लाग्यो ।”

सुदूरपश्चिममा सबैभन्दा बढी पर्यटक पुग्ने ठाउ“ टीकापुर पार्क हो । एकै दिनमा डेढ सयदेखि ३ हजारसम्म मानिसहरू पार्क अवलोकन गर्न आउँछन् । पार्कमा वर्षेनी एक लाखदेखि डेढ लाखसम्म मानिसहरू आउँछन् । धेरै मानिसहरू पार्कमै पकाउने, पार्कमै खाने, पार्कमै रमाउने गरी आउँछन् जसले गर्दा पार्कको वातावरण सधैं रमाइलो भइरहेको हुन्छ ।

चालु वर्षको अहिलेसम्म टीकापुर पार्कलाई एक लाखभन्दा बढीले अवलोकन गरेका छन् । यो याम पर्यटक ओइरिने समय हो । वैशाख महिनामा सबैभन्दा बढी पर्यटक आउँछन् । गत वर्ष पनि डेढ लाख मानिसले पार्क अवलोकन गरेका थिए । “पचास हजारसम्म पर्यटक अबको तीन महिनामा आउने अनुमान छ,” पार्क इञ्चार्ज अर्जुन कुँवर भन्छन् – “नयाँ वर्षको समय र तिहार पछिको केही दिन पार्क पर्यटकले भरिन्छ । हामीलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ ।”

कैलाली बाहेक कञ्चनपुर, बर्दिया, बा“के, सुर्खेत, दैलेख र दाङबाट धेरै मानिसहरू टीकापुर आउँछन् । आक्कल झुक्कल डोटी र पूर्वी नेपालका जिल्लाबाट अध्ययन भ्रमण टोली आउँछन् ।

पार्क इञ्चार्ज कुँवर भन्छन् – “पिकनिक मनाउन आएका टोलीहरू पार्क मै खान्छन्, रमाउ“छन् । उनीहरूका लागि पार्कभित्र खाने, आराम गर्ने व्यवस्था भएको भए अझ आकर्षण बढ्ने थियो ।”

टीकापुर विकास समितिको हटेपछि २०६४ मङ्सिर ५ गते टीकापुर नगरपालिकाको स्वामित्वमा पार्कलाई हस्तान्तरण गरिएको हो । नगरपालिकाको स्वामित्वमा पार्क सञ्चालन भएपछि बजेट अभावमा त्यहा“ कार्यरत कर्मचारी कटौती गरिँदा र विकासका थप पूर्वाधार निर्माण गर्न नसक्दा पार्कको सौन्दर्यमा कमी आउन थालेको गुनासो सुनिन थालेको छ ।

पार्कमा लगानी गर्न नसके पनि पर्यटक आउने सङ्ख्या हेर्दा उत्साहजनक नै मान्नुपर्छ । यसवर्ष नगरपालिकाले १६ लाख रुपैयाँको लागतमा गुरुयोजना निर्माण गर्दैछ र यो अन्तिम चरणमा पुगेको छ । नगर प्रमुख तपेन्द्रबहादुर रावल भन्छन् – “नगरपालिकाले पार्कलाई गौरवको योजनामा राखेको छ । यसवर्ष ८० लाख रुपैयाँको लागतमा पार्क प्रवेश द्वार निर्माण भइरहेको छ । हामीले पार्कको विकासका लागि केन्द्र सरकारसँग बजेट माग गरेका छौं ।”

टीकापुर बजारदेखि चार किलोमिटर टाढा कर्णाली नदी किनारमा पार्क छ । पार्क ८५ विघा क्षेत्रफलमा फैलिएको छ जसमध्येको बङ्गला क्षेत्र, नर्सरी र बगैंचाले करीव १३ विघा जमीन ओगटेको छ ।

टीकापुर विकास समितिले नै पार्क क्षेत्रमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान लगायत करोडौं रुपैयाँ लागतका पूर्वाधारहरू खडा गरेको हो । शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी÷बेमौसमी फूलहरू टीकापुर पार्कका आकर्षण हुन् ।

मुटु रोगबाट पीडित भएका राजा महेन्द्रले विसं २०२४ सालमा टीकापुरमा आएर करीव डेढ महिना शयन गरेका थिए । टीकापुर बसेर राज्य चलाउन अप्ठ्यारो भएपछि राजा काठमाडौँ फर्के र टीकापुर क्षेत्रमा शहर विकास गर्न र कर्णाली किनारमा पार्क बनाउन उनले निर्देशन दिए । ‘समाजसेवी मोहनबहादुर रावल भन्छन् – “आफ्नो निर्देशनमा व्यवस्थित बनाइएको टीकापुर पार्कमा राजा महेन्द्र नियमित आउँथे ।”

विसं २०२८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत टीकापुर विकास समिति स्थापना गरी ३ हजार १७३ बिघा जमीन दिएर शहर विकास गर्ने अधिकार सरकारले दिएको थियो । लाखौं लगानी भएका र करोडौं खर्च भैसकेका यी पूर्वाधारहरू टीकापुर विकास समिति हटे पछि नगरपालिकाको स्वामित्वमा छन् । त्यतिखेर विकास समितिले आफूसँग भएको जग्गा घडेरीका रूपमा बिक्री गर्दै पार्क संरक्षणका लागि खर्च जुटाउँदै आएको थियो । तर नगरपालिकाको स्वामित्वमा गएपछि बजेटको अभावमा लगानी हुन सकेको छैन ।

शुरुमा ‘स्वच्छ, सफा, हराभरा र पार्कको नगर टीकापुर’ भन्ने पहिचानको नारा तय गरेको टीकापुर नगरपालिकाले पनि सञ्चालन खर्च धान्न नसक्ने भएपछि पार्क जिम्मा लिन अस्वीकार ग¥यो ।

केही महिना स्थानीय उपभोक्ताले पनि पार्क सञ्चालन गरे । उनीहरूले गुलाब पूmलको लागि चाहिने मलसमेत जोहो गर्न नसके पछि कैंयन गुलाब हराएर गए । राजनीतिक दलसहित सर्वपक्षीय बैठकले पछि नगरपालिकालाई हस्तान्तरण ग¥यो । आफ्नो आयस्रोतले धान्न नसक्ने भएपछि पार्कलाई भाडामा दिने निर्णय २०६४ सालकै नगरपरिषद्ले गरेको थियो तर, कार्यान्वयनमा आउन सकेन ।

पार्कमा बनाइएको काठका रेलिङ्ग कुहिनु र भत्किनुका साथै आरोग्य गृह र विश्राम बाटिका पनि जीर्ण हुँदै गएपछि हरेक वर्ष नगरपालिकाले मर्मतमा लाखौं खर्चिने गरेको छ । यसभित्र राखिएका सजावटका कतिपय सामग्रीहरू हराइसकेका छन् । टीकापुर नगरपालिकाका पूर्व उपप्रमु्ख लालबहादुर चौधरी भन्छन् – “टीकापुर पार्कमा आवासीय लज वा रिसोर्टहरू तयार गर्न सके सञ्चालन खर्च धान्न गा¥हो थिएन बरु यसले टीकापुरमा थप आम्दानी भित्र्याउन वा रौनक थप्न मद्दत पुग्छ ।”

करीव चार दशकसम्म टीकापुर विकास समितिको सहयोगमा चलेको टीकापुर बृहत् उद्यान नगरपालिकाले सञ्चालन गरेपछि टिकट काउण्टर, पिकनिक स्थल, स्थलमा बस्ने चौतारी लगायतका केही पूर्वाधार बने तर, बजेट अभावमा ठूला पूर्वाधार र लगानी भने गर्न सकेको देखिएन ।

सुदूरपश्चिम प्रदेशका सांसद डा रणबहादुर रावलको चिन्ता छ – “स्थानीय संस्थाले संरक्षण गर्न नसकेको तर राज्यको लगानी भएको यो पार्कलाई प्रकृति संरक्षणमा कार्यरत संस्थाले सहयोग नगर्ने हो भने बृहत् उद्यानसँग जोडिएको टीकापुरको पहिचान गुम्ने निश्चित छ ।”

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here