बालिका बलात्कार गर्ने अभियुक्त सार्वजनिक

बाजुरा – १२ वर्षीय बालिका बलात्कार गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ। गत मंगलबार पक्राउ परेका बुढीगंगा नगरपालिका ८ नुवाकोट बस्ने दलबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय बाजुराले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।

बालिका बलात्कार गर्ने ४७ वर्षका थापाले अपराध गरेको स्वीकार गरेपछि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिए। थापाले आफ्नै नाता पर्ने बालिकालाई भैसी गोठमा मुख च्यापेर बलात्कार गरेको स्वीकार गरिसकेका छन्। थापा रिठा बजारमा होटल सञ्चालन गर्दै आएका थिए। थापाले बालिकालाई कसैलाई भनेपछि मार्ने धम्की दिएका थिए।

बालिकाले डरले सुरुमा कसैलाई नबताएपछि केही दिन ढिलागरि घटना बाहिर आएको प्रहरी नायव उपरिक्षक भाटले पत्रकार सम्मेलनमा बताए। बालिकाका अनुसार थापाले तीन पटक बलात्कार गरेको थिए। कक्षा ५ मा पढ्दै गरेकी बालिकाको स्वास्थ्य जाँचबाट पनि बलात्कार भएकाे प्रमाणित भएको प्रहरीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here