ध्रुबेको आतंक, चितवनमा फेरी चार घर भत्कायो

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र बरोबर देखिने ध्रुवे हात्तीले वरपरका वस्तीमा फेरी आतङ्क मच्चाउन थालेको छ । सो हात्तीले बस्तीमा पसेर चार घर भत्काइदिएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा फेरी चार वटा घर भत्काएको जानकारी दिए ।

हरेक दिनजसो साँझ साँझ वस्तीतिर निस्कने गरेको सो हात्तीले माडी क्षेत्रको वयरघारी क्षेत्रमा बढी नोक्सानी गर्दै आएको छ । तिवारीका अनुसार अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको हो ।

हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ । रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उनले बताए । हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here