हिमाल सफाईमा सेना

काठमाडौं । नेपाली सेनाले यो पटक हिमाल सफाई अभियान सुरु गर्ने भएको छ । सफा हिमाल अभियान २०२४ नाम दिइएको सो अभियान विगतका वर्ष झैँ यस पटक पनि तयारीका साथ सुरु गर्न थालेको जानकारी दिएको छ । यस वर्षको सफा हिमाल अभियान लागी सेनाको टोली २०८१ वैशाख २ गते सगरमाथा आधार शिविर जाने कार्यक्रम रहेको छ।


यो पटकको अभियानमा सगरमाथा क्षेत्रका नुप्चे, ल्होत्से र सगरमाथा हिमालबाट कम्तिमा १० टन फोहोर संकलन गरी ल्याउने तयारी सेनाले गरेको छ । त्यसैगरी सो क्षेत्रमा फेला परेका पर्वतारोहीका शव ल्याउने योजना पनि नेपाली सेनाले गरेको छ ।


सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा ‘सफा हिमाल अभियान २०२४’ का ‘क्याम्पेन लिडर’ सेनानी आदित्य कार्कीले जानकारी दिँदै भने, हामीले यो अभियान सम्पन्न गर्न १२ जनाको टोली बनाएका छौँ । जसमध्ये १० जनाको टोली सगरमाथा आधार शिविरमा र २ जना आपतकालीन प्रयोजनका लागी नाम्चेमा रहने छन् । यो अभियान सफल बनाउन सेनाले स्थानीय सगरमाथा आरोही तथा शेर्पाहरूलाई सहभागी गराउने भएको छ ।

यसअघि सफा हिमाल अभियान अन्तर्गत सेनाले सन् २०१९ मा ल्होत्से हिमालबाट १० हजार ८०० केजी फोहोर र चार वटा शव ल्याएको थियो। त्यसैगरी सन् २०२१ मा सगरमाथा, ल्होत्से, पुमोरी, मकालु, धौलागिरि र आमदब्लम हिमालहरूबाट २७ हजार ६७१ केजी फोहोरका साथै सगरमाथा तथा धवलागिरि बाट २/२ वटा शव सङ्कलन गरेको थियो।

सन् २०२२ मा सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजङ्घा हिमालहरूबाट ३३ हजार ८७७ केजी फोहोर र कञ्चनजङ्घा बाट २ वटा मानव कङ्काल सङ्कलन गरेको थियो । यसै गरी सन् २०२३ मा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरूबाट ३५ हजार ७०८ केजी फोहोर सङ्कलन भएको सो अवसरमा नेपाली सेनाले जानकारी दियो

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here