काठमाडौँ । वन तथा वातावरण मन्त्रालयबाट जलवायु परितर्वन सम्बन्धी संयुक्त राष्ट्रसंघीय विश्व शिखर सम्मेलन (कोप २८) मा भाग लिने कर्मचारीको मनोनयन नाम करिब करिब अन्तिम चरणमा पुगेको छ ।
मन्त्री बीरेन्द्रप्रसाद महतोको सचिवालयबाट जाने व्यक्तिहरुको भने अझै टुङ्गो लागेको छैन । केही सांसदहरुले आफ्ना डकुमेन्ट पेश गर्न ढिलाई गरेका कारणले मन्त्रालयले आज मनोनय गर्ने भएको छ ।
नोभेम्बर २६ सम्म मनोनयन भएकाहरुमा मन्त्री महतो र सचिव दिपक खराल प्रधानमन्त्रीको टोलीमा समावेश भएका छन् । सहसचिव बुद्धिसागर पौडेल र उपसचिव ज्ञानेन्द्र मिश्र दुबई पुगीसकेका छन् । अन्य सहसचिवहरुमा डा. महेश्वर ढकाल, अजय कार्की, गणेश पौडेल, नवराज पुडासैनीको पनि मनोनय भइसकेको छ । त्यसैगरी राजु सापकोटा, शिब खनाल, दिपा ओली, बिनिता गुरागाई, नारायण पोखरेल, अमृत शर्माको पनि मनोनयन भइसकेको छ ।
यो पटक प्रशासन महाशाखाका उपसचिव प्रमोद सिम्खडा, शाखा अधिकृत गंगा पाण्डे र कानूनका उपसचिव महेन्द्र साँकीको पनि मनोनय भइसकेको छ ।