संरक्षित वनलाई एक करोड ४० लाख

बैतडी । जिल्लाका दुई वनलाई सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको छ । ग्वाल्लेक केदार प्रस्तावित संरक्षित वन र सिगास प्रस्तावित संरक्षित वनलाई प्रदेश सरकारले सहयोग गरेको हो ।

दुबै वनलाई सुदूरपचिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु एक करोड ४० लाख बजेट विनियोजन गरेको डिभिजन वन कार्यालयले जनाएको छ । विनियोजित बजेटले समुदायस्तरमा आत्मनिर्भर बनाउने खालका काम गरिरहेको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो ।

उक्त प्रस्तावित संरक्षित वनमा विभिन्न बोटबिरुवा उत्पादन गरेर स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुग्ने उहाँले बताउनुभयो । उपभोक्तामार्फत संरक्षणमुखी क्रियाकलाप गर्नुका साथै जनचेतनामूलक कार्यक्रम पनि गरिने उहाँले बताउनुभयो । हाल यी दुवै प्रस्तावित संरक्षित वनमा विभिन्न फलफूलका बिरुवा उत्पादन गरिँदै छ ।

विशेष वातावरणीय, वैज्ञानिक वा सांस्कृतिक महत्वको ठानी नेपाल सरकारले वन ऐन बमोजिम घोषणा गरेको राष्ट्रिय वनलाई ‘संरक्षित वन’ घोषणा गर्ने गरिन्छ । नेपाल सरकारलाई राष्ट्रिय वनको कुनै भाग विशेष वातावरणीय वैज्ञानिक, सांस्कृतिक महत्व भएको वा अन्य विशेष महत्व भएको लागेमा त्यस्तो राष्ट्रिय वनलाई संरक्षित वनको रुपमा घोषणा गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here