मृत बाघको घटना : छानविन गर्नुको सट्टा खाल्डोमा पुर्न हतार

चितवन । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर १० स्थित अरुणखोलाको जङ्गलमा मृत अवस्थामा भेटिएको बाघलाई छानविन गर्नुको सट्टा हतार हतारमा खाल्डोमा पुरियो ।


गत शुक्रबार जंगलमा १०६ इन्च लम्बाइ, ६४ इन्च गोलाई भएको वयस्क बाघ मृत अवस्थामा फेला परेको थियो । सो घटनास्थल पुगेको डिभिजन वनको टोलीले थप अनुसन्धान नगरी मुचुल्का खडा गरेर बाघलाई जंगलमै गाडेको थियो ।


विश्वमै दुर्लभ मानिएको बाघ जस्तो संकटापन्न जनावरको घटनालाई लुकाउन हतार हतारमा खाल्डोमा पुरेपछि चौतर्फी बिरोध हुन थाल्यो । स्थानीय बासिन्दाको बिरोधले गर्दा खाल्डोमा पुरिएको बाघलाई फेरी निकालेर पोस्टमार्टम गरिएको छ,संरक्षणमा रातदिन खटिरहेका स्थानीय बासिन्दाले बाघ कसले मारेको भन्ने विषयको खोजनीति नहुँदै खाल्डोमा गाड्ने कामलाई कर्मचारी प्रति शंकाले हेरेर बिरोध जनाए ।


कहिले निकुञ्ज र नेपाली सेनाको पोष्ट नजिकै गैँडा खाडलमा पासो पारेर मर्ने त कहिले जंगलमा बाघ मर्ने स्थिति किन आयो ? स्थानीय बासिन्दाले चितवन राष्ट्रिय निकुञ्जसँग जिज्ञासा राखे । डिभिजन वन कार्यालयमा घेराउ समेत गरे अनि खाल्डोमा पुरिएको बाघलाई खोतलेर पोष्टमार्टम गरिएको छ ।


राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधिले स्थानीय बासिन्दाको रोहवरमा मारिएको बाघको पोस्टमार्टम गरेका छन् । सबडिभिजन वन कार्यालय अरुणखोलाका अधिकृत अर्जुन सापकोटाका अनुसार पोस्टमार्टमपछि नमुना सङ्कलन गरेर प्राविधिक टोलीले काठमाडौँ लगेको छ ।

पोस्टमार्टममा सहभागी प्राविधिकका अनुसार प्रारम्भिक रुपमा घटना अध्ययन गर्दा विषाक्त खानेकुराका खाएका कारण बाघ मरेको हुन सक्ने देखिएको छ । त्यो विषाक्त खानेकुरा जंगलमा कसले राख्यो ? विषाक्त खानेकुरा बाघले कसरी खान पुग्यो भन्ने विषयमा अध्ययन हुनु पर्ने माग स्थानीयले राखेका छन् ।


खाडलमा पुरेको बाघको शरीरको बाहिरी भागमा चोटपटक केही देखिएको छैन । घाउ चोटपटक केही नभएकाले तस्करले बिषाक्त खानकुरा जंगलमा छाडेको हुनसक्ने र त्यो खाएर मरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्दपी बाघ मर्नुको कारण पत्ता लगाउन पोस्टमार्टम रिपोर्ट कुर्नुपर्ने छ । पोस्टमार्टमको नमुना नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here