वन्यजन्तु सप्ताह : संरक्षणमा जोड दिईँदै

काठमाडौँ । वन्यजन्तु संरक्षण: पर्यापर्यटन र आयआर्जन भन्ने मूल नाराका साथ यो वर्ष वन्यजन्तु सप्ताह बिभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।


वन्यजन्तुको महत्व, संरक्षण र वन्यजन्तुमा आधारित पर्यापर्यटनको विकासलाई केन्द्रीत गरेर बिभिन्न कार्यक्रमका साथ मनाउन थालेको यो सप्ताहको २९ औँ संस्करण हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा मातहतका निकायले बिभिन्न सरोकारवाला संघ, संस्थासँगको सहकार्य र साझेदारीतामा यो सप्ताहलाई प्रभावकारी रुपमा मनाइरहेको छ ।


वैशाख १ गते बबरमहलस्थित वन परिसरको मूख्यद्धारमा यो वर्षको मूल नारा सहितका होडिङ बोर्ड अनावरण गरियो । विभागको नेतृत्वमा शिवपुरीमा चरा अवलोकनको कार्यक्रम पनि सञ्चालन भएको छ ।


यसैबीच बर्दिया राष्ट्रिय निकुञ्जले यस वर्षको वन्यजन्तु सप्ताह बिभिन्न कार्यक्रमका साथ मनाइरहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार सप्ताहको पहिलो दिन बर्दिया राष्ट्रिय निकुञ्जले मूल समारोहको आयोजना गरी संरक्षणसँग सरोकार राख्ने सबै संघ, संस्थाका प्रतिनिधिहरुलाई राखेर निकुञ्जभित्रका पर्यटकीय क्षेत्रको सरसफाई कार्यक्रम सम्पन्न गरेको छ भने चरा अवलोकनका कार्यक्रम पनि सञ्चालन गरेको छ ।


त्यसैगरी सञ्चारकर्मी, इको क्लव, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति, चोरी शिकार नियन्त्रणसँग सरोकार राख्ने समुहसँग अन्तक्र्रिया पनि सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here