पोखरा । तीन दिनको लगातारको वर्षापछि आएको बाढी, पहिरोमा परी गण्डकी प्रदेशका बिभिन्न जिल्लामा १६ जनाको ज्यान गएको छ ।
बाढी पहिरोमा परी १४ जनाको मृत्यु भएको छ भने हिमपहिरोमा परेर दुई जनाको ज्यान गएको छ । हिमपहिरोमा परी थप १० जना सम्पर्कविहीन भएका छन् ।
अहिले दुई जनाको शव यहाँ ल्याइएको छ । आठ जना सम्पर्कविहीन छन् । १२ जना सुरक्षित फु गाउँ पुगेको जानकारी हामीले प्राप्त गरेका छौँ
बाढी, पहिरोमा परेर बागलुङ र म्याग्दीमा गरी १४ जनाको मृत्यु भएको छ । आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका वडा नम्बर ५ को हिमलुङ हिमालमा हिमपहिरो गएको छ, जसमा परेर १० जना वेपत्ता भएका छन् भने दुई जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक विनोद बोहोराले हिमपहिरो आएको क्षेत्रमा पदयात्रामा गएका अन्य १२ जना भने सकुशल रहेको जानकारी दिए ।
उनले आइतबार साँझ भने, “अहिले दुई जनाको शव यहाँ ल्याइएको छ । आठ जना सम्पर्कविहीन छन् । १२ जना सुरक्षित फु गाउँ पुगेको जानकारी हामीले प्राप्त गरेका छौँ ।”
आइतबार उद्धारका लागि दुई हेलिकोप्टर मनाङमा रहेका छन् । सोमबार बिहानैबाट फेरि उद्धारको काम सुरु गरिने भएको छ ।
































