बेनी । बाढी पहिरोमा परेर म्याग्दी जिल्लामा छ जनाको ज्यान गएको छ भने तीन जना वेपत्ता भएका कुरा जिल्ला प्रशासन कार्यालय म्याग्दीले आइतबार साँझ विवरण सार्वजनिक गरेको छ ।
सो कार्यालयका अनुसार बाढी पहिरोमा परी अन्नपूर्ण गाउँपालिका वडा नं ३ का वर्ष ७५ की शिलकुमारी पाइजा र वर्ष ५४ की योगमाया पाइजाको मृत्यु भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको वडा नं ५, काफलडाँडा खर्कका वर्ष १९ का सबिन गर्बुजाको मृत्यु भएको छ भने वर्ष २१ का मनोज गर्बुजा बेपत्ता भएका छन् । त्यसैगरी अन्नपूर्ण गाउँपालिका वडा नं ६ बस्ने वर्ष ५ की जेनी पुर्जाको पनि बाढी,पहिरोमा परेर मृत्यु भएको छ ।
जिल्लाको मालिका गाउँपालिका–३ रुम डाँडा गाउँ औलका वर्ष वर्ष ३१ का चिरन पुन र वर्ष २८ का देवबहादुर पुनको मृत्यु भएको छ ।
बेनी नगरपालिका–३ भकिम्लीकी वर्ष नखुलेकी कुमारी विक र अन्नपूर्ण गाउँपालिका–६ का वर्ष ७५ का ओमबहादुर तिलिजा बेपत्ता भएको भएका छन् ।
































