नारायणी पसेपछि गैडाकोटको बोटे टोलबासीलाई सारियो

नवलपुर । नारायणी नदीको बहाव बढेर वस्तीमा पसेपछि नवलपुरको तटीय क्षेत्र जलमग्न भएको छ ।


कावासोती–१७ अमलटारी र गैँडाकोट–२ को बोटे टोलमा नारायणी नदीको बाढी पसेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।


प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार बोटे टोलबाट १८ घरपरिवारका ११४ जनालाई प्रहरी, नेपाली सेनाको सहयोगमा स्थानान्तरण गरिएको छ ।


उनीहरुलाई आफन्तहरुको घरमा स्थानान्तरण गरिएको खड्काले बताउनुभयो । हालसम्म मानवीय क्षति भने भएको छैन ।


उनीहरुको घरबाट सामान, गाईवस्तु, बाख्रा समेत सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here