पोखरा । तीन दिनदेखि परेको अविरल वर्षाका कारण पोखराको सेती नदी रामघाटमा पानी थुनिएको छ ।
सेती नदीको जलाधार क्षेत्रको पानी सेती नदीमा ओइरिँदै गएपछि अहिले सेती नदी उर्लेको छ । वरपरका खोलानालाको पानी नदीमा पस्दा रामघाट क्षेत्रमा निकास साँधुरो भएकाले ताल बनेको स्थानीयले बताएका छन् ।
इदी, मर्दी, भलामखोला र कालीखोला सेतीनदीका सहायक नदी हुन् । लगातारको वर्षाले यी साना खोलानालामा पानीको तह बढ्दा पनि सेती नदीको जल सतह माथि आएको हो ।































