निरुता ५ लाख माग्छिन

नायिका निरुता सिंहले चलचित्र ‘नाई नभन्नु ल ५’मा छोटो दृश्यमा काम गर्दै चलचित्र क्षेत्रमा कमब्याक गरिन् । यो चलचित्रमा छोटो भूमिकामा काम गर्दा उनले १ लाख पारिश्रमिक पाएकी थिइन् । यसपछि, उनले अर्को चलचित्र ‘दाल भात तरकारी’मा चरित्र अभिनेत्रीको रुपमा काम गरेकी छिन् । चलचित्रमा उनी कलाकार हरिवंश आचार्यको जोडीको रुपमा देखिदैछिन् ।

तर, नायिका सिंहलाई अहिले चलचित्रको अफर भटाभट आउन थालेको छ । यसैले पनि उनले आफ्नो पारिश्रमिक समेत बढाएकी छिन् । नायिका सिंहले चलचित्र ‘हजार जुनी सम्म’मा अभिनय गर्ने पक्का भएको थियो । तर, अन्तिम समयमा आएर उनले हात झिकिन् ।

नायिका सिंहले चलचित्रका लागि ५ लाख रुपैयाँ डिमाण्ड गरेको वुझिएको छ । निरुताले ५ लाख मागेपछि यसका निर्देशक विकासराज आचार्यले यती रकम दिन नसक्ने बताए । श्रोतले अनलाइनखबरसँग भन्यो–‘चलचित्रमा निरुताको एक साताको मात्र काम छ । करिब ५–६ सिनमा उहाँले अभिनय गर्नुपर्ने थियो ।’

निरुताले चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा पनि यति नै रकम माग गरेकी थिइन् । यसैले यो चलचित्रका निर्देशक सुदर्शन थापाले कलाकार गौरी मल्ललाई फाइनल गरेका छन् । विकासराज आचार्यको चलचित्रमा भने निरुताको ठाउँमा संचिताले अभिनय गर्ने पक्का भैसकेको छ ।

८ बर्षपछि नेपाली चलचित्र क्षेत्रमा फर्किएकी निरुताको यो चर्को पारिश्रमिक डिमाण्डले उनलाई अप्ठ्यारो पर्ने देखिएको छ ।

सभार: अन लाइन खबर

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here