अन्तल्या, तुर्किए । अल्प विकसित तथा विकासशील मुलुकलाई यथेष्ट जलवायु वित्त उपलब्ध गराउनुपर्ने कुरामा कोप ३१ को मस्यौदामा प्राथमिकताका साथ उठाइएको छ ।
जलवायु परिवर्तनको जोखिम भोगिरहेका अल्प विकसित मुलुकलाई आवश्यक पर्ने वित्तीय स्रोत उपलब्ध गराउने कुरामा विकसित मुलुक लाग्नु पर्ने र त्यो विकसित मुलुकको दायित्व पनि भएको कुरा नयाँ मस्यौदाको निर्णयमा समेटिएको छ । वित्तीय कार्यान्वायनका लागि दुई वर्षे कार्ययोजना अघि बढाइने प्रश्ताव पनि मस्यौदामा अघि सारिएको छ ।
मस्यौदामा अल्प विकसित मुलुकहरुमा कजलवायु वित्तको आवश्यकता निरन्तर बढिरहेको कुरालाई स्वीकार गरिएकोक छ भने यस्तो अवस्थामा जलवायु वित्तको दायरा बढाउनुपर्ने कुरामा जोड दिइएको छ ।
विशेष गरी अल्प विकसित मुलुकहरुमा अनुकूलन तथा हानि–नोक्सानी सम्बोधनका लागि थप वित्तीय स्रोत आवश्यक रहेको कुरालाई पनि मस्यौदामा जोड दिइएको छ ।

































