काठमाडौं । यही भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या आइतबार साँझसम्म ७८१ पुगेको सरकारी निकायले जानकारी दिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, पछिल्लो जानकारी अनुसार रसुवामा १३ जना, चितवनमा २७२ जना, धादिङमा ५० जना, गोरखामा ५८ जना, नवलपरासी पूर्वमा १९९ जना, नवलपरासी पश्चिममा १०० जना, तनहुँमा ३७ जना र नुवाकोटमा ५२ जनाको शव तथा मानवका केही अंग भेटिएका छन् ।
सम्पर्कविहिन हुनेमा विभिन्न जलविद्युत् आयोजनमा काम गर्ने ९३३ जना, काम गर्ने र पर्यटकका रुपमा रहेका बिभिन्न देशका नागरिक ५९२ जना, विदेशीसँगै घुम्न गएका नेपाली १२७ जना, लामटाङ राष्ट्रिय निकुञ्जका तीन कर्मचारी, क्वारेन्टाइन कार्यालयका तीन कर्मचारी पनि सम्पर्कका छैनन् ।
सो घटना पछि सम्पर्कविहीन हुनेको संख्या दुई हजार ५०२ रहेको छ । सम्पर्कविहीन हुनेमा २५ वना नेपाल प्रहरी, ४५ जना नेपाली सेना, १३ जना सशस्त्र प्रहरी बल नेपाल, १५ जना भन्सार कार्यालयका कर्मचारी, ४ जना अध्यागमन कार्यालयका कर्मचारी रहेका कुरा प्राधिकरणले जनाएको छ ।
बाढीको घटना पछि सम्पर्कविहिन हुनेमा विभिन्न जलविद्युत् आयोजनमा काम गर्ने ९३३ जना, काम गर्ने र पर्यटकका रुपमा रहेका बिभिन्न देशका नागरिक ५९२ जना, विदेशीसँगै घुम्न गएका नेपाली १२७ जना, लामटाङ राष्ट्रिय निकुञ्जका तीन कर्मचारी, क्वारेन्टाइन कार्यालयका तीन कर्मचारी पनि सम्पर्कका छैनन् ।
त्यसैगरी सम्पर्कविहिन हुनेमा रसुवाका स्थानीय ५६२ जना, नुवाकोटका ११५ जना र मकवानपुरका ६५ जना पनि सम्पर्कविहीन रहेका छन् भने हालसम्म बाढी प्रभावित जिल्लाका नौ हजार ४३५ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । बिभिन्न जलविद्युत् आयोजनाका सुरुङबाट २७९ जनाको उद्धार गरिएको जानकारी पनि दिइएको छ ।
































