बाढी बितन्डा : ६७५ जनाको शव भेटियो

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६७५ पुगेको छ । सयौँ वेपत्ता व्यक्तिको अवस्था अझै अज्ञात नै रहेको छ ।


राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ दिएको जानकारी अनुसार नदी किनारका बिभिन्न स्थानमा ६७५ जनाको शव भेटिएको छ। ती मध्ये सबैभन्दा बढी चितवनमा २४६ जनाको शव भेटिएको छ भने रसुवामा १३, नुवाकोटमा ५१ जनाको शव भेटिएको छ ।

प्राधिकरणका अनुसार नवलपरासी पूर्वमा १६५, धादिङमा ४५, गोरखामा ५७, नवलपरासी पश्चिममा ६३ र तनहुँमा ३५ जनाको शव भेटिएको छ ।


सो बाढी विशेष गरी रसुवा, नुवोकाटका दुई हजार ४९८ जना सम्पर्कविहीन रहेको जानकारी प्राधिकरणले दिएको छ। त्रिशुली करिडोरमा रहेको बिभिन्न जलविद्युत् आयोजनामा काम गर्ने ९३३ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन अवस्थामा रहेका छन् । हराइरहेका व्यक्तिहरुको खोजी जारी रहेको सरकारी अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here