निकुञ्जमा डा. ढकाल, चुरेमा डा. सिन्धु

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले सहसचिवको सरुवा गरेको छ ।

राष्ट्रिय निकुञ्जको महानिर्देशकमा डा. महेश्वर ढकाललाई पठाइएको छ भने निकुञ्जबाट डा. रामचन्द्र कँडेल रेड कार्यान्वयन केन्द्रमा सरुवा गरिएको छ ।

राष्ट्रपति चुरेमा डा. सिन्धु ढुंगानालाई सरुवा गरिएको छ ।

त्यसैगरी वनस्पति विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेललाई मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखामा ल्याइएको छ भने डा. राधा वाग्लेलाई वनस्पति विभागको महानिर्देशकमा सरुवा गरिएको छ ।

निकुञ्ज विभागको उपमहानिर्देशक अजय कार्कीलाई मन्त्रालयमा सरुवा गरिएको छ । त्यसैगरी मन्त्रालयका धनञ्जय पौडेल र मेघनाथ काफलेको पनि महाशाखा परिवर्तन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here