चितवन । भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गैँडाको आक्रमणबाट घाइते महतोको उपचारका क्रममा आज बिहान ३ः३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । महतोलाई गैँडाले सोमबार राति ९ बजे आक्रमण गरेको थियो ।
पछिल्लो समयमा मानव वन्यजन्तु द्धन्द्ध गम्भीर समस्याको रुपमा देखा पर्न थालेका छन् । सरकारले यसको लागि सबै प्रयासहरु जारी राखेको दावी गरेता पनि सरकारी कार्यक्रमले ठोस रुपमा मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरणमा उपलब्धी हासिल गर्न सकिरहेको छैन ।