नेपालबाट सिधा अष्ट्रेलिया, ट्रान्जिट सिंगापुरमा

काठमाडौँ । नेपाल बाट सिधा अष्ट्रेलिया उडने तयारी गदैृछ नेपाल वायु सेवा निगमका वाईडबडी जहाज । निगमले सिड्नी विमानस्थलमा उडानको समय पाएको छ।

सिड्नी विमानस्थलले निगमलाई सातामा २ उडानका लागि अनुमति दिएको हो। विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट (उडान समय) दिएको निगमले बताएको छ।

विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियन नागरिक उड्डयनसँग उडानका लागि अनुमति माग्दै सबै विवरण बुझाएको छ। निगमले काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान गर्न लागेको हो।

यसका लागि निगमले हाल जिएसए (जनरल सेल्स एजेन्ट) छनोट लगायत प्रक्रिया अगाडी बढाएको छ। यसका साथै जहाजमा सवार गर्न यात्रुलाई खाजा–नास्ताका लागि समेत क्याटरिङ कम्पनी छनोट प्रक्रिया समेत अगाडी बढाएको निगमले बताएको छ।

त्यस्तै, निगमले सिंगापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोटको काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here